काँकरभिट्टा, २९ फागुन । झापा गाेल्ड कप सकिने वितिकै मेचीनगरमा आजदेखि खेलकुदकाे महाकुम्भ सुरू भएको छ ।
मेचीनगरमा मंगलबारबाट ‘प्रथम मेचीनगर स्पोर्ट्स मेनिया-२०८०’ सुरु भएको हाे ।
मेचीनगर खेलकुद विकास समितिले काँकरभिट्टा माविको खेल मैदानमा आयोजित स्पाेर्टस मेनियाकाे प्रमुख अतिथि काेशी प्रदेशका सांसद गोपाल तामाङले उद्घाटन गरेका हुन् ।
कार्यक्रममा खेलकुदको क्षेत्रमा योगदान पुर्याउने तीन जना अग्रज खेलाडीलाई सम्मान गरिएको थियो ।
समितिले खेलकुदमा योगदान गर्ने फुटबलमा गणेशबिक्रम नेङ्वाङ, करातेमा अर्जुन लम्साल र लेखनाथ पराजुलीलाई सम्मान गरेकाे छ ।
उनीहरूलाई प्रमुख अतिथि तामाङ लगायत अतिथिहरूले सम्मान सम्मान गरेका थिए ।
फुटबल, बक्सिङ, कराते र तेक्वान्दो सामुदायिक भवन काँकरभिट्टामा, तुर्केनी खेल मैदानमा क्रिकेट, काँकरभिट्टा खानेपानी हलमा चेस, धुलाबारी माविमा भलिबल, कवर्डी र एथ्लेन्टिक्स खेलका प्रतियोगिता हुने समितिले जनाएको छ ।
नगरकाे १५ वटै वडाबाट प्रतियोगितामा सहभागी खेलाडीहरुले कराते, नित्यहरू प्रस्तुत गरेका थिए ।
कार्यक्रममा प्रमुख अतिथि सांसद तामाङ, मेचीनगर नगरपालिकाका मेयर गोपाल चन्द्र बुढाथोकी, उपमेयर मीना पाेखरेल उप्रेतीले शुभकामना मन्तव्य राखेका थिए ।
उक्त प्रतियोगिता आगामी चैत ६ गतेसम्म सञ्चालन हुनेछ । नगरपालिकाले प्रतियोगिता सम्पन्न गर्न ५३ लाख ७७ हजार बजेट छुट्याएको छ ।
सामाजिक विकास समिति संयाेजक हृदय राजबंशीको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रमकाे स्वागत उपाध्यक्ष रविन ओझाले र सञ्चालन वरिष्ठ प्रशासकीय अधिकृत अनन्त प्रकनश वस्तीले गरेका थिए ।
Discussion about this post