१७ बैशाख २०८३, बिहीबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

यातायात क्षेत्रको विकृति अन्त्य गर्न पूर्वबाट अभियान

फाल्गुन ३०, २०८०, २:४० .बुधबार
0
0
0
SHARES
119
VIEWS
Share on FacebookShare on Twitter

मेचीनगर, ३० फागुन । यातायात क्षेत्रको विकृति र समस्याहरुलाई अन्त्य गर्न नेपाल यातायात ब्यवसायी राष्ट्रिय महासंघमा आवद्ध चार वटा यातायात व्यवसायीहरुको संगठन मिलेर संयुक्त यातायात ब्यवस्थापनका लागि पूर्वबाट अभियान सुरु गरेका छन् ।

आज काँकरभिट्टा स्थित पूर्वी मेची बस व्यवसायी प्रालिको सभाहलमा आयोजित मेची संयुक्त यातायात ब्यवस्थापन समिति झापाले संयुक्त यातायात ब्यवस्थापनको औपचारिक रुपमा शुभारम्भ गरेको हो ।

कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेशका पूर्व सांसद एवम् पूर्वी मेची बस व्यवसायी प्रालिका पूर्व अध्यक्ष श्रीप्रसाद मैनालीले संयुक्त यातायात ब्यवस्थापनको उद्घाटन गरे ।

उनले लामो र छोटो दुरिका यात्रुबहाक बसलाई चैत १ गतेदेखि यातायात क्षेत्रमा देखिएका समस्या, विकृतिलाई रोक्न अनुशासित, मर्यादित र व्यवस्थित ढंगले सञ्चालन गर्ने बताए । समितिमा पूर्वी मेची बस व्यवसायी प्रालि, पूर्वी हिमाल यातायात प्रालि, मेची यातायात एण्ड अटो प्रालि र मेची सुपर यातायात प्रालि रहेका छन् ।

यात्रुवहाक बसहरुबीचमै अस्वस्थ्य प्रतिस्पर्धा, राज्यले सार्वजनिक यातायातका लागि निर्धारण गरेको भाडाको दररेटमा समस्या, विचौलियाको हैरानी, यात्रु तानतान लगायतका कारण यातायात ब्यवसायीहरु चिन्तित बनेको अवस्था रहेको समितिको भनाई छ ।

कार्यक्रममा संयुक्त यातायात ब्यवस्थापन समितिका संयोजक एवम् पूर्वी मेची बस व्यवसायी प्रालिका अध्यक्ष राजेन्द्र रिजालले १५ बुदे कार्यपत्र प्रस्तुत गरेका थिए । समितिले संयुक्त टिकट बुकिङ ब्यवस्थापन प्रयोजनका निमित्त मेचीदेखि काठमाडौँसम्म आवश्यक समन्वय र सहकार्य गर्ने कार्यपत्रमा उल्लेख छ ।

समितिले काँकरभिट्टादेखि मोरङको उर्लावारीसम्म संयुक्त टिकट बुकिङ काउन्टर स्थापना गरिसकेको छ । भोलिदेखि उक्त क्षेत्रमा अनुगमन तथा निरीक्षण गरिने बताइएको छ । विपी राजमार्गमा राति अनाधिकृतमा सञ्चालन गरिरहेका हाइस तथा छोटा यात्रुवहाक गाडीहरुलाई रोक्ने समितिको दावी छ ।

समितिले विचौलिया र अनाधिकृत तरिकाले टिकट बुकिङ गर्नेहरुलाई रोक्न जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, इलाका प्रहरी कार्यालय काँकरभिट्टा, बिर्तामोड र दमकलाई समेत ज्ञापन पत्र बुझाएको छ ।

कार्यक्रममा प्रमुख अतिथि मैनाली, मेचीनगर यातायात ब्यवस्थापन समितिका अध्यक्ष डिल्लीराम घिमिरे, होटल ब्यवसायी संघ मेचीनगरका अध्यक्ष सुरेशकुमार श्रेष्ठ (गोपाल), ट्राभल्स संघ झापाका अध्यक्ष निरबहादुर कार्की (नेत्र), काँकभिट्टा ट्राफिक पोष्टका प्रमुख प्रहरी नायव निरीक्षक मनमोहन पौडेल, नेपाल यातायात स्वतन्त्र मजदुर संगठन मेचीनगर इकाइका अध्यक्ष राजकुमार सुवेदी, मेची सामुदायिक सेवा केन्द्रका अध्यक्ष मुक्ति पौडेल लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

संयुक्त यातायात ब्यवस्थापन समितिका संयोजक राजेन्द्र रिजालको अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वागत सदस्य हेमराज दाहाल (भान्जा)ले र सञ्चालन पूर्वी मेची बस ब्यवसायी प्रालिका पूर्व अध्यक्ष विष्णुकुमार श्रेष्ठले गरेका थिए ।

पछिल्लो समाचार

मेचीनगरकाे शंशाेधित बजेट : १ अर्व ३३ कराेड ८३ लाखबढी

अघिल्लो समाचार

उदयपुर जीप दुर्घटना : ८ जनाको मृत्यु, ९ घाइते

Related Posts

विदेशबाट फर्किएका युवाहरुका विषयमा छलफल
banner -2

विदेशबाट फर्किएका युवाहरुका विषयमा छलफल

बैशाख १६, २०८३, ३:११ .बुधबार
बाणिज्य संघको ‘आर्थिक पत्रकारिता पुरस्कार’ मुखियालाई दिने निर्णय
banner

बाणिज्य संघको ‘आर्थिक पत्रकारिता पुरस्कार’ मुखियालाई दिने निर्णय

बैशाख १६, २०८३, १२:३२ .बुधबार
झापाका पालिकाहरुलाई पत्रकार महासंघको ज्ञापनपत्र
box -2

झापाका पालिकाहरुलाई पत्रकार महासंघको ज्ञापनपत्र

बैशाख १५, २०८३, १:१७ .मङ्लबार
त्रिदेव क्याम्पसको अध्यक्षमा सन्तोष न्यौपाने सर्वसम्मत
box -3

त्रिदेव क्याम्पसको अध्यक्षमा सन्तोष न्यौपाने सर्वसम्मत

बैशाख १५, २०८३, १२:५५ .मङ्लबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.