भोजपुर, १ चैत । भोजपुर र उदयपुर जोड्ने चुवार पुल नजिकै भएको जीप दुर्घटनामा मृत्यु भएकाको पहिचान खुलेको छ ।
धरानबाट छुटेको को. १ ज २५९३ नम्बरको जीप विहीबार विहान साढे ११ बजेतिर उदयपुरको बेलका–७ स्थित बाखाकुवामा दुर्घटना भएको थियो ।
६ महिने शिशुसहित ७ जनाको घटनास्थलमै र उपचारको क्रममा थप एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
त्यस्तै दुर्घटनामा ९ जना घाइते भएका छन् । मृतक अधिकांश भोजपुर हतुवागढी गाउँपालिकाका छन् । उनीहरूलाई उपचारका लागि धरान लगिएको छ । प्रहरीले मृत्यु तथा घाइतेको विवरण उपलब्ध गराएको छ ।
घटनास्थलमै मृत्यु भएका
हतुवागढी गाउँपालिका–२ का (चालक) मानबहादुर बस्नेत, हतुवागढी–२ का चन्द्रप्रकाश राई, हतुवागढी–५ का रामकुमारी राई (ममता), बराहक्षेत्र–३ का पदमबहादुर थापा, हतुवागढी–२ का (६ महिनाको), दिशान राई, इटहरीकी कमला अधिकारी, हतुवागढी–२ कि पर्वतमाया राई बीपी स्वास्थ्य प्रतिष्ठानमा र हतुवागढी–५ का किसन राई रहेका छन् ।
घाइतेहरु
विशेष पराजुली कानेपोखरी, सावित्रा राई, मिनु राई, शान्तिकला राई, सविना परियार, गायत्री थापा कटुवाल, सुशील परियार, कुलबुङ्ग राई र निकिता कटुवाल रहेको प्रहरीले बताएको छ ।
Discussion about this post