मेचीनगर, १ चैत । जिल्ला प्रहरी कार्यालय झापा तथा मातहत कार्यालयहरुबाट खटिएको प्रहरी टोलीले फागुन महिनामा जिल्ला अदालत झापाबाट फैसला भइ फरार रहेका १०६ जना प्रतिवादीहरुलाई पक्राउ गरेको छ ।
प्रहरीले अदालतमा बुझाएका फरार १०६ जना प्रतिवादीहरुलाई १३ बर्ष ६ महिना ११ दिन कैद र जरिवाना वापतको १४ लाख ६५ हजार ७२२ रुपैयाँ असुल उपर गरेको हो ।
त्यसैगरी, फागुन महिनाभित्र झापाको विभिन्न स्थानहरुबाट अवैध रुपमा भारतबाट नेपालतर्फ र नेपालबाट भारततर्फ ओसारपसार भइरहेको ३७ लाख ५१ हजार ४४० रुपैयाँ मुल्य बराबरको कस्मेटिक आइटम, किराना सामाग्री, लत्ताकपडा, सवारी साधनका पार्टस, विद्युतीय पार्टसहरु, सुर्तिजन्य पदार्थ तथा ९ वटा सवारी साधन र २६ वटा पशुचौपायालाई नियन्त्रणमा लिई आवश्यक कारवाहीका लागि मेची भन्सार कार्यालय बुझाएको जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएको छ ।
Discussion about this post