झापा, २ चैत, । पूर्वसभामुख एवम् नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरालाई सुन तस्करी सम्बन्धी छानबिन समितिले मुद्दा चलाउन सिफारिस गरेको छ ।
गृह मन्त्रालय उच्च स्रोतका अनुसार पूर्वन्यायाधीश डिल्लीराज आचार्य नेतृत्वको सुन तस्करी सम्बन्धी छानबिन गर्न गठित उच्चस्तरीय आयोगले महरालाई मुद्दा चलाउन सिफारिस गरेको हो ।
महरालाई आयोगले बयान समेत लिएको थियो । उनका छोरा राहुल महरा भेपमार्फत भएको सुन तस्करी प्रकरणमा पुर्पक्षका लागि थुनामा छन् ।
उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले विहीबार प्रतिवेदन बुझ्दै यसमा समावेश विषयहरु कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
उनले सञ्चारकर्मीसँग कुरा गर्दै सुन तस्करी प्रकरणको अनुसन्धानमा सीआईबीबाट गम्भीर त्रुटि भएको समेत बताएका छन् ।
गृहमन्त्री लामिछानेले उक्त प्रतिवेदन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई समेत बुझाएका छन् ।
(अनलाइन खवर)
Discussion about this post