२५ मंसिर २०८२, बिहीबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

पुस्तक चर्चा

गठबन्धनका नेताहरुले रवि लामिछानेलाई पनि डुवाइसके : राम कार्की

चैत्र ३, २०८०, ४:३८ .शनिबार
0
0
0
SHARES
41
VIEWS
Share on FacebookShare on Twitter

मेचीनगर, ३ चैत । नेकपा माओवादी केन्द्रका सचिव राम कार्की ‘पार्थ’ले अहिलेको गठबन्धन दलहरुप्रति सांकेतिक व्याङ्ग गर्दै जति नै पानीमा पानी मिसाए पनि नौनी घ्यु ननिस्कने बताएका छन् ।

आज काँकरभिट्टा क्याम्पसको सभाहलमा रिडर्स झापाले आयोजना गरेको नेता एवम् विद्वान राम कार्कीद्वारा लिखित ‘विकल्प’ समता, समाजवाद र मुक्त दुनियाँ पुस्तकको अन्तरसम्बाद कार्यक्रमलाई सम्बोधन गर्दै लेखक कार्कीले नेकपा माओवादी केन्द्र, एमाले, एकीकृत समाजवादी, रास्वपा लगायतको गठबन्धन सरकारले कुनै नयाँ कुरा दिन नसक्ने दावी गरेका हुन् ।

‘भष्ट्रचारको कुरा बढ्दै गयो भने सबै पार्टीका नेताहरु झेलखानामा भेटिन्छन्’, कार्कीले भने–‘त्यो नक्षत्र देखिँदैछ । गठबन्धनका नेताहरुले रवि लामिछानेलाई पनि डुवाइसकेका छन् । सत्तामोहमा लाग्ने जोकोही त्यो खाडलबाट बाहिर निस्कन सक्दैन ।’

कम्युनिष्टका नेता पुष्पलाल र मोहनविक्रम

कम्युनिष्टमा लाग्नेहरु मध्ये ५० वर्षपछि पनि भावि सन्ततिले पढ्न सक्ने नेतामा पुष्पलाल श्रेष्ठ र मोहनविक्रम सिंहबाहेक कोही नभएको कार्कीको भनाई छ । उनीहरुले जस्तो दुःख सायद अहिलेसम्म कसैले नगरेको उनको जिकिर छ ।

नेपालमा माक्सवादलाई प्रदुर्षित बनाए

‘पुँजीवादले जँरा गाडिसकेकोले पुँजीवादपछि समाजवाद ल्याउन धेरै मुस्किल छ । जुनसुकै विचारको माक्सवाद आधुनिक छ । तर, नेपालमा माक्सवादलाई प्रदुर्षित बनाएको छ । नेपालको कम्युनिष्ट आन्दोलनहरुलाई पीढीमा बसेर कथा सुनाउने माध्यम मात्र भयो ।

पाठ्यक्रममा समावेश गर्नुपर्छ

कम्युनिष्ट आन्दोलनमा लागेका जिवित तथा शहिदहरुको योगदानको पाठ्यक्रममा समावेश गर्नु पथ्र्यो । पछि आउने नयाँ युवाहरुले त्यसलाई मनन् गर्ने थिए । १७ वर्ष जेल विताएका सानो दुर्गा अधिकारी, १४ वर्ष जेल बसेका खड्ग ओलीहरुलाई सम्झिए ।’

झापा कम्युनिष्टहरुको व्याड

नेपालमा समाजवाद ल्याउन झापाको युवाहरुबाट सम्भव रहेको उनको बुझाई छ । झापा कम्युनिष्टहरुको व्याड हो । उनका अनुसार झापाले ल्याउन सक्छ नयाँ सोच र विचार ।

शिक्षामा १० अर्व लगानी भए देश कायपलट

उनका अनुसार मानिसलाई इतिहास, समाज र कुलले बाधेको छ । धर्मले मानिसलाई कमजोर बनाउछ तर, शिक्षाले मानिसलाई असल बनाउछ । सरकारले शिक्षा क्षेत्रमा १० अर्व जति बजेट छुट्टाए १० वर्षमा देश कायपलट हुने उनको दावी छ । अहिलेसम्म शिक्षामा ५ प्रतिशत भन्दा बढी बजेट छुट्टाइएको छैन । भारत स्थित क्यारालाको उदाहरण दिँदै कार्कीले भने त्यहाँ २२ देखि २५ प्रतिशत बजेट शिक्षामा लगानी गर्छ ।

उनले भने–‘वर्षेनि नयाँ बजेट आउछ, त्यो खालि प्रक्रियाका लागि मात्र हो । पुरानो बजेटको खाँका च्यातर नयाँ मोडलको बजेट ल्याउन सक्नुपर्छ ।’

संघीय कर्मचारी ऐन खारेज गर्नुपर्छ : मेयर बुढाथोकी

कार्यक्रममा लेखक कार्कीले मेचीनगर नगरपालिकाका मेयर गोपाल चन्द्र बुढाथोकीलाई परम्परागत शैलीको पुरानो बजेट च्यातेर नयाँ प्रकृतिको बजेट ल्याउन समेत आग्रह गरेका थिए । मेयर बुढाथोकीले संघीय कर्मचारी ऐन खारेज गर्नुपर्छ अनि मात्र त्यो सम्भव हुने बताए ।

पुँजीवाद हाभी भयो : अशेष घिमिरे

कार्यक्रममा वक्ता नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य अशेष घिमिरेले विकल्प पुस्तक इतिहासको एउटा राम्रो दस्तावेज भएको बताए । उनका अनुसार २०७० सालपछि नवरउदारवादले लोकतन्त्रलाई गाँजेको छ । पुँजीवाद हाभी भयो ।
‘कम्युनिष्टहरुलाई विकल्पले प्रश्नै प्रश्न उठाएको छ’, घिमिरेले भने–‘लेखक कार्कीले जोखिम मोलेर पुस्तक प्रकाशन गरेका छन् । माओवादीका कमाण्डरहरु देशका नागरिकहरु बेच्दै हिडेका छन् । विकल्पलाई पुँजीवाद र त्यसका लठैतहरुले कब्जा गरेको छ ।’

जनवाद ल्याउन क्रान्ति मौलिक हुनुपर्छ : रमा भण्डारी

अर्का वक्ता नेकपा एमालेकी झापा जिल्ला सदस्य रमा भण्डारी ढकालले देशमा जनवाद ल्याउन क्रान्ति मौलिक प्रकारको हुँदा मात्र सम्भव रहेको दावी गरिन् । आर्थिक र राजनितीमा पारदर्शिता र माक्सवादी भए मात्र समाजवादमा पुग्न सकिने उनको दलिल छ ।
‘नेताहरु जनताप्रति एमानदार भएनन् । समतामुलक समाज निर्माणमा महिलालाई समावेशी करण गर्न कन्जुसाई गर्न हुँदैन’, उनले भनिन् ।

‘विकल्प’ दोसाँधमा उभिएको यात्री जस्तो : संगीत श्रोता

‘नेपालमा भएका आन्दोलनहरुको सार बुझ्न परे विकल्प पुस्तक एउटा दस्तावेजको रुपमा रहेको छ’, अध्येता संगीत श्रोताले भने–‘अबको समाज नयाँ जनवादी क्रान्तितर्फ लम्किरहेको आभाष हुन्छ ।

यो पुस्तक दोसाँधमा उभिएको यात्री जस्तो लाग्छ । लेखक कार्कीले पुराना पार्टीहरुको काम छैन । अब नयाँ क्रान्तिका लागि नयाँ पार्टी जन्माउन आवश्यक रहेको उहाँको ठम्याई छ ।’ कार्यक्रमको सहजिकरण रिडर्स झापाका सदस्य एवम् २०२८ साल झापा विद्रोहको लेखक निरज कट्टेलले गरेका थिए ।

पछिल्लो समाचार

गोलधापका गंगारामसहित रुसी सेनाका ७ नेपालीको मृत्यु

अघिल्लो समाचार

बाहुनडाँगीमा जेसीजले ११ वर्षपछि फुटबल प्रतियोगिता गर्दै

Related Posts

सूर्तीजन्य, मादक पदार्थ र लागूऔषध बिक्री वितरण रोक्न माग
banner

सूर्तीजन्य, मादक पदार्थ र लागूऔषध बिक्री वितरण रोक्न माग

मंसिर २३, २०८२, २:३६ .मङ्लबार
क्रियाशील सदस्यता विवरण छिट्टै सार्वजनिक हुन्छ : कांग्रेस प्रवक्ता शर्मा
banner -1

प्रतिनिधि सभाका लागि झापा–१ बाट शर्माको नाममात्र सिफारिस

मंसिर २३, २०८२, १:४८ .मङ्लबार
तीन पत्रकारलाई टंकप्रसाद–रमादेवी पाठक पत्रकारिता पुरस्कार
banner -2

तीन पत्रकारलाई टंकप्रसाद–रमादेवी पाठक पत्रकारिता पुरस्कार

मंसिर २३, २०८२, १:३१ .मङ्लबार
भलिबल प्रशिक्षक कुमार राई एक लाखसहित सम्मानित
banner -1

भलिबल प्रशिक्षक कुमार राई एक लाखसहित सम्मानित

मंसिर २०, २०८२, १२:२० .शनिबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.