मेचीनगर, ५ चैत । प्रहरी प्रधान कार्यालयले आज काँकरभिट्टामा सशस्त्र द्वन्द्वमा अपाङ्गता भएका दुईजना प्रहरीलाई चार चक्के स्कुटर प्रदान गरेको छ ।
सोमबार इलाका प्रहरी कार्यालयमा प्रहरीको केन्द्रीय कल्याण कोषले उपलब्ध गराएको उक्त स्कुटर माओवादीको सशस्त्र द्वन्द्वमा अंगभंग भएका झापा शिवसताक्षीका प्रहरी टेकबहादुर साम्सुहाङ र मोरङका शिवनारायण महतोलाई हस्तान्तरण गरेको हो ।
उनीहरूलाई कोशी प्रेदेशका प्रहरी प्रमुख डीआईजी चन्द्रकुवेर खापुङले उक्त स्कुटरको चाबी र ब्लुबुक हस्तान्तरण गरेका हुन् ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय झापाका एसपी मिलन केसी, मेची सामुदायिक सेवा केन्द्रका अध्यक्ष मुक्ति पौडेल लगायतले बोलेका थिए ।
कार्यक्रममा विराटनगर महानगरका एसपी दिपक पोखेरेल, इलाका प्रहरी कार्यालय काँकरभिट्टाका डीएसपी दिपक भारती, माइती नेपाल
पूर्वाञ्चल संयोजक प्रमुख गोविन्द घिमिरे लगायत स्थानीय समाजसेवीहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रमको सञ्चालन प्रहरी निरीक्षक अर्जुनकुमार पोखरेलले गरेका थिए ।




Discussion about this post