१२ कार्तिक २०८२, बुधबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

अझासको तेस्रो क्षेत्रीय सम्मेलन माल्टामा

चैत्र ७, २०८०, १२:१६ .बुधबार
0
0
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

झापा, ७ चैत । अन्तर्राष्ट्रिय झापाली समाजको तेस्रो क्षेत्रीय सम्मेलन युरोपियन मुलुक माल्टामा हुने भएको छ ।

सम्मेलन अप्रिल २७ र २८ तारिख अर्थात आगामी वैशाख १५ र १६ गते हुने भएको हो ।

समाजको दोस्रो बैठकले तेस्रो क्षेत्रीय सम्मेलन माल्टामा गर्ने निर्णय गरेको संस्थाका अध्यक्ष मुकुन्द ढुंगाना र महासचिव नविन पोखरेलले विज्ञप्ति जारी गरेका छन् ।

विश्वभरि छरिएर रहेका झापालीहरुको साझा छाता संस्था अन्तर्राष्ट्रिय झापाली समाजको एक कार्यकालमा एक क्षेत्रीय सम्मेलन गर्ने लक्ष्यअनुरुप यसपटक युरोपमा सम्मेलन हुन लागेको अध्यक्ष ढुंगानाले बताए ।

सन् २०१८ पछि कोरोना महामारी तथा अन्य कारणले समाजको क्षेत्रीय सम्मेलन हुन सकेको थिएन । सम्मेलनलाई भव्य रुपमा सम्पन्न गर्न झापाली समाज माल्टाले तयारीलाई तीब्र बनाएको छ ।

सम्मेलनमा विश्वभरि रहेका झापालीलाई एकीकृत गर्दै आपसी भाइचारा बढाउँदै पहिलो र दोस्रो क्षेत्रीय सम्मेलनमा घोषणा गरिएको बृहत लगानीलाई मूर्तरुप दिन गृहकार्य गर्ने जनाइएको छ ।

संस्थालाई भविष्यमा आइपर्ने विभिन्न कार्यहरुमा आर्थिक सहजताका लागि अक्षयकोष स्थापना गर्ने तथा युरोप लगायत अन्य क्षेत्रमा राष्ट्रिय समितिहरु विस्तार गर्ने लगायतका विषयमा छलफल गरी सम्मेलनले घोषणा पत्र जारी गर्ने विज्ञप्तिमा उल्लेख छ ।

संसारभर छरिएर रहेका झापालीहरुलाई उक्त सम्मेलनमा सहभागिताका लागि अन्तर्राष्ट्रिय झापाली समाज र झापाली समाज माल्टाले आग्रह गरेको छ ।

समाजका संस्थापक अध्यक्ष तथा एनआरएनए ओसेनिया क्षेत्रीय संयोजक दिनेशकुमार पोखरेलले झापाको विकासमा लगानी भित्राउन तथा विश्वभर छरिएका झापाली स्वयंको व्यक्तिगत हितका लागि समेत यो सम्मेलन महत्वपूर्ण हुने बताएका छन् ।

विश्वका ४० बढी राष्ट्रमा रहेका झापालीले झापाको इष्टर्न सहारा कम्पनी लिमिटेडमा समेत लगानी गर्न चासो र इच्छा व्यक्त गरिरहेको बताइएको छ । इष्टर्न सहारा कम्पनी लिमिटेडले आवश्यक प्रक्रिया पूरा गरी आईपीओ निष्काशनका लागि ग्लोबल आईएमइ क्यापिटललाई बिक्री प्रबन्धक चयन गरिसकेको छ ।

अन्तर्राष्ट्रिय झापाली समाजले पहिलो क्षेत्रीय सम्मेलन सन् २०१८ को अप्रिल २६ देखि २८ तारिखसम्म कतारमा र दोस्रो क्षेत्रीय सम्मेलन सोही वर्षको सेप्टेम्बर २४ देखि २६ तारिखसम्म दक्षिण कोरियामा सम्पन्न गरेको थियो । त्यसयता कोरोना महामारी लगायतका कारण सम्मेलन हुन सेकेको थिएन ।

समाजले झापामा सामाजिक क्षेत्रमा करोड भन्दा बढी लगानी गरिसकेको छ । त्यस्तै, भौतिक संरचना निर्माणदेखि स्वास्थ्य, शिक्षाका क्षेत्रमा काम गर्दै आएको छ ।

ढुंगानाको नेतृत्वमा समिति बनेपछि अन्तर्राष्ट्रिय झापाली समाजले झापा गोल्ड कपलाई ७ लाख र नेपाल पत्रकार महासंघ झापाको पत्रकार सहारा उपचार कोषलाई २ लाख रुपैयाँ हस्तान्तरण गरिसकेको छ ।

त्यस्तै बुद्धशान्ति र गौरीगञ्ज गाउँपालिकामा दुई वटा एम्बुलेन्स, कनकाईमा एक थान शव बहान हस्तान्तरण गर्ने तयारी गरिरहेको छ । त्यसैगरी कनकाईको धनुषकोटी धाममा शौचालय निर्माणमा सहयोग गर्ने समाजले जनाएको छ । अन्य कार्यक्रम र सहयोग बारे सम्मेलनले निर्णय लिने बताइएको छ ।

पछिल्लो समाचार

काँकरभिट्टादेखि सुरु भयो महिलावादी अनुपम अभियान

अघिल्लो समाचार

पत्रकार महासंघको महाधिवेशन बैशाख २१ गते

Related Posts

नगरपालिकाको समस्या समाधान गर्न पाँच दलको विज्ञप्ति
banner

माओवादीले भन्याे-´निस्कासन गरिएका कर्मचारीलाई पुनर्वहाली गर`

कार्तिक ११, २०८२, १:१७ .मङ्लबार
झापा महिला गोल्डकप : खेल तालिका सार्वजनिक
box -3

झापा महिला गोल्डकप : खेल तालिका सार्वजनिक

कार्तिक १०, २०८२, १:३३ .सोमवार
मेची र निन्दामा छठ पर्व : अस्ताउँदो सूर्यलाई अघ्र्य (फोटोफिचर)
banner

मेची र निन्दामा छठ पर्व : अस्ताउँदो सूर्यलाई अघ्र्य (फोटोफिचर)

कार्तिक १०, २०८२, १:०१ .सोमवार
कांग्रेस मेचीनगरले पनि भन्याे-´निर्णय पुनरावलोकन गर`
banner -1

कांग्रेस मेचीनगरले पनि भन्याे-´निर्णय पुनरावलोकन गर`

कार्तिक ९, २०८२, १२:५४ .आइतवार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.