मेचीनगर, १९ चैत । धुलाबारीको भानु बहुमुखी सहकारी संस्था लिमिटेडले मंगलबार एकदिवशिय रक्तदान तथा निःशुल्क स्वास्थ्य शिविर कार्यक्रम आयोजना गरेको छ ।
धुलाबारी पश्चिम चोक छेउमा मुख्य कार्यालय रहेको संस्थाकै अगाडि परिसरमा रक्तदान तथा निःशुल्क स्वास्थ्य शिविर कार्यक्रम आयोजना गरिदैछ ।
भानु बहुमुखी सहकारी संस्थाका अध्यक्ष गोपालप्रसाद चुडालले ६७ औँ राष्ट्रिय सहकारीको स्थापना दिवशको अवसरमा उक्त कार्यक्रम आयोजना गरिएको जानकारी दिए ।
उनका अनुसार नेपाल रेडक्रस सोसाइटी भद्रपुर, ठाकुर पोलिक्लिनिक बिर्तामोड र आम्दा मेची अस्पतालको प्राविधिक सहयोग रहने छ ।
स्वास्थ्य शिविरमा डाक्टरहरु पिताम्बर ठाकुर र पोषणरमण त्रिपाठी लगायतले विरामीहरुलाई उपचार सेवा प्रदान गर्नेछन् । शिविरमा ईसीजी, ब्लड टेष्ट, ल्याव टेष्ट लगायतका सेवा तथा औषधिहरु पनि निःशुल्क प्रदान गरिने संस्थाले जनाएको छ ।
संस्थाले सामाजिक उत्तरदायित्व अन्तरगत शेयर सदस्यहरुका लागि योसहित विभिन्न कार्यक्रमहरु गरिरहेको अध्यक्ष चुडालले बताए ।
Discussion about this post