मेचीनगर, २० चैत । मेचीनगर-७, इटाभट्टाकाे झापा नेशनल स्कुलले यही २५ गतेदेखि फुटबल फ्रि क्याम्प गर्ने भएको छ ।
आज स्कुलमा आयोजना गरिएको पत्रकार सम्मेलनमा झापा नेशनल स्कुलका प्रिन्सिपल कमल भेटवालले यही २५ गतेदेखि ३० गते सम्म काँकरभिट्टा मेची सामुदायिक हलमा अन्डर १४ का विद्यार्थीहरूकाे फुटबल क्याम्प हुने भएको जानकारी दिएका हुन् ।
त्यस्तै स्कुलले आगामी शैक्षिक सत्र २०८१ सालदेखि विद्यार्थीहरूकाे क्षमता बढाउन एकाडेमिक लेवल जाच्न एएलआइ, पीजीदेखि कक्षा-४ सम्मका विद्यार्थीकाे पढाइ बुकलेश मार्फत गरिने र राेवेटिङ ग्याम्स एण्ड काेडिङ ल्यावस् लगायतकाे माध्यामबाट पढाउने तयारी गरिएको उनले भेटवालले बताए ।
´एन्फाबाट सार्टिफिकेट भएकाबाट अन्डर-१४ का विद्यार्थीहरूलाई प्रशिक्षण दिइनेछ`, भेटवालले भने- ´ विद्यार्थीहरूकाे क्षमता बढाउने उदेश्यले एएलआइ मार्फत एकाडेमिक लेवल मापन गरिनेछ । विद्यार्थीकाे एकवर्ष भित्र सय प्रतिशत लेवल बढाउने छाैँ । त्यस्तै, साना कक्षाका विद्यार्थीहरूलाई कितावकाे भारी नबाेकाउने गरि बुकलेश अनुसार पढाउने छाैँ । गतवर्षदेखि राेविटिक्स एण्ड काेडिङ ल्याव समेत सञ्चालन भइरहेकाे छ ।`
राेविटिक्स एण्ड काेडिङ ल्याव झापामा पहिलाे पटक झापा नेशनल स्कुलले सञ्चालन गरेकाे प्रिन्सिपल भेटवालकाे दावी छ ।
१० कठ्ठा जग्गामा सञ्चालित स्कुलमा पीजीदेखि कक्षा-१० सम्मका ६५० जना विद्यार्थी रहेकाे बताइएकाे छ ।
पत्रकार सम्मेलनकाे सहजीकरण स्कुलका व्यवस्थापन समितिका अध्यक्ष प्रकाश पाैडेलले गरेका थिए ।
Discussion about this post