मेचीनगर, २० चैत । मेचीनगर-७ सतिघट्टा स्थित चिया बगानमा ९ फिट लामाे करिव १० किलाेग्रामकाे अजिङ्गर भेटिएकाे छ ।
सतिघट्टा चिया बगान क्षेत्रकाे बाल उद्यान केन्द्र नजिक सखुवा डाँडामा आज विहान साढे ९ वजे ९ फिट लामाे र करिव ९ किलाे ८ सय ग्राम ताैल भएको अजिङ्गर भेटिएको हाे ।
उक्त अजिङ्गरलाई सव डिभिजन वन कार्यालय, स्थानीय समाजसेवीहरूकाे राेहवरमा बुद्वशान्ति गाउँपालिका-५ स्थित पाँचपाेखरी सामुदायिक वनमा छाेडिएकाे बताइएकाे छ ।
उक्त अजिङ्गर चारआली सव डिभिजनका प्रतिनिध कर्ण खाति, वनका अध्यक्ष चेतन आचार्य, हात्ती संरक्षणकर्मी शंखर लुइटेल, सन्दिप लुईटेल, मेची चरा तथा वन्यजन्तु संरक्षण समाजका अध्यक्ष देबेन्द्रकुमार खरेल र सर्प उद्दारकर्ता मुन्ना कार्की, लगायतकाे राेहवरमा पाँचपाेखरी सामुदायिक वनमा छाडिएको छ ।
चिया बगानमा अजिङ्गर फेला परेपछि सतिघट्टाका स्थानीय साेम लुइँटेलले सम्बन्धित निकायलाई खवर गरेकाे समाजका अध्यक्ष खरेलले बताए ।
Discussion about this post