४ श्रावण २०८२, शनिबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

माओवादी सरकारबाट बाहिरियो

मुख्यमन्त्रीमा हिक्मत कार्कीको दावी पेश

चैत्र २६, २०८०, ६:५१ .सोमवार
0
0
0
SHARES
12
VIEWS
Share on FacebookShare on Twitter

विराटनगर, २६ चैत । केदार कार्की नेतृत्वको कोशी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको नेकपा एमाले र माओवादी केन्द्रले वैकल्पिक सरकारका लागि दावी पेश गरेका छन् ।

सरकार गठनको अन्तिम विकल्प संविधानको धारा १६८ को उपधारा ५ अनुसार मुख्यमन्त्री बनेका केदार कार्की अल्पमतमा परेको भन्दै एमाले र माओवादी केन्द्रले हिक्मतकुमार कार्कीको नेतृत्वमा सरकार बनाउनका लागि राजनीतिक दाबी पेश गरेका हुन् । दावी अनुसार भए अबको एक महिनाभित्र कार्की तेस्रो पटक मुख्यमन्त्री बन्ने छन् ।

प्रदेश सरकारलाई दिएको समर्थन र विश्वासको मत फिर्ता लिएको माओवादी र एमालेले सोमबार नै वैकल्पिक सरकारका लागि दाबी पेश गरेका हुन् ।

संविधानको धारा १६८ को ५ अनुसार गठन भएको सरकार अल्पमतमा परेकाले अर्को सरकार गठनको सहजताका लागि प्रदेश प्रमुख समक्ष राजनीतिक दाबी पेश गरिएको नेकपा एमालेका प्रमुख सचेतक रेवतीरमण भण्डारीले बताए ।

मुख्यमन्त्रीमा दाबी पेश भने प्रदेश प्रमुखले आह्वान गरेपछि मात्रै गर्न मिल्छ । सरकारलाई दिएको समर्थन फिर्ता लिएका दलले विशेष अधिवेशन पनि माग गरेका छन् । अधिवेशनमा मुख्यमन्त्रीलाई राजीनामा गर्न बाध्य बनाउने रणनीति बनाएको गठबन्धनले राजीनामा नदिए ३० दिन पर्खने र त्यसपछि नयाँ सरकार गठनको प्रारम्भ हुने बताउँदै आएको छ ।

‘प्रदेश सभाका बहुमत सदस्यले दिएको विश्वासको मतको समर्थन पनि माननीय सभामुखज्यू समक्ष निवेदन दिई फिर्ता भएको विद्यमान परिस्थितिमा मुख्यमन्त्रीज्यू प्रदेश सभामा स्वतः बहुमतको विश्वास गुमाइ अल्पमतमा परिसक्नु भएको तथ्य स्पष्ट भइसकेको छ,’ गठबन्धनले गरेको दाबीमा भनिएको छ ,‘‘. नेपालको संविधान बमोजिम माननीय मुख्यमन्त्री केदार कार्कीज्यूले बहुमत सदस्यको विश्वास गुमाइ सकेकोले कोशी प्रदेश सभाका हामी बहुमत सदस्यहरु नेपाल कम्युनिष्ट पार्टी (एमाले) प्रदेश सभा संसदीय दलका नेता माननीय हिक्मतकुमार कार्कीलाई अर्को वैकल्पिक सरकारको नेतृत्व गर्न कोशी प्रदेश सरकार मुख्यमन्त्री पदमा नियुक्तिका लागि आवश्यक प्रकृया अगाडि बढाउन माननीय प्रदेश प्रमुखज्यू समक्ष दाबी प्रस्तुतीका साथ अनुरोध गर्दछौ ।’

२७ असोजमा कोशी प्रदेश सरकारको मुख्यमन्त्री पदमा नेकपा एमालेका ३९ जना सदस्य र नेपाली कांग्रेस संसदीय दलका ८ जना सदस्यसहित ४७ को समर्थनमा केदार कार्की नियुक्त भएका थिए । २८ असोजमा सरकारमा सहभागी भएको एमाले १८ फागुनमा सरकारबाट बाहिरिएको थियो

२१ फागुनमा केन्द्रमा नयाँ राजनीतिक समीकरण बनेपछि माओवादी केन्द्र भने सोमबार मात्रै सरकारबाट बाहिरिएको थियो । सरकारमा सहभागी भएको नेकपा एकीकृत समाजवादी पार्टी भने सरकारबाट बाहिरिएको छैन । सो पार्टीका दलका नेता राजेन्द्र राई विराटनगर बाहिर छन् । राईकै सहमतिमा तत्काल एमाले र माओवादी केन्द्रले प्रकृया सुरु गरेको एमाले प्रमुख सचेतक भण्डारीले बताए ।

वैकल्पिक सरकारको दाबी पेश गरेको गठबन्धनले उपधारा ५ अनुसार अर्काे सरकार गठन हुनसक्ने २०७८ साल असार २८ गते संवैधानिक परिषद्ले गरेको व्याख्यालाई पनि समावेश गरेको छ । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले दोस्रो पटक संसद् विघटन विरुद्ध संवैधानिक इजलासको नजिरलाई पनि टेकेर वैकल्पिक सरकारको दाबी पेश गरेको हो ।

‘नेकपा (एमाले) का ३९ जना सदस्यले सरकारमा सहभागिता हुने गरी मुख्यमन्त्री माननीय केदार कार्कीज्यूलाई नियुक्तिका लागि दिएको समर्थन समेत फिर्ता लिइसकेका छौं, माननीय मुख्यमन्त्री लाई २०८०।०७।०१ मा दिएको विश्वासको मतको समर्थन समेत माननीय सभामुख समक्ष फिर्ता लिएको व्यहोराको निवेदन आजै पेश गर्ने नै छौं, मिति २०८०–०७–०१ गते दलका तर्फबाट सहभागिता हुनेगरी माननीय मुख्यमन्त्री केदार कार्कीज्युको सरकारमा सहभागी हुन भएकोमा आजैको मितिबाट मन्त्री पदबाट माननीय राजेन्द्र कार्की, माननीय गणेश उप्रेती, माननीय नारायण बुर्जा मगरले राजीनामा दिइसक्नु भएको छ,’ गठबन्धनले पेश गरेको दावी पत्रमा भनिएको छ ।

(अनलाइन खवर)

पछिल्लो समाचार

पत्रकार भट्टराईकाे उपचारमा आर्थिक अभाव

अघिल्लो समाचार

टी–२० विश्वकपका लागि नेपालको नयाँ जर्सी

Related Posts

पार्टीभित्र विचार नमिल्नेहरु बाटो तताउँदा हुन्छ : अध्यक्ष लिङ्देन
banner

पार्टीभित्र विचार नमिल्नेहरु बाटो तताउँदा हुन्छ : अध्यक्ष लिङ्देन

साउन ४, २०८२, ५:२९ .शनिबार
औषधि गोदाममा छापामार्दा ठुलो मात्रामा लागूऔषध भेटियो
banner -1

औषधि गोदाममा छापामार्दा ठुलो मात्रामा लागूऔषध भेटियो

साउन ३, २०८२, ५:४२ .शुक्रबार
विद्युत कर्मचारीको करेन्ट लागेर मृत्यु
banner

विद्युत कर्मचारीको करेन्ट लागेर मृत्यु

साउन ३, २०८२, ५:११ .शुक्रबार
मेचीनगरमा विकास : जताततै पिचै पिच
banner -2

मेचीनगरमा विकास : जताततै पिचै पिच

असार ३१, २०८२, ७:२४ .मङ्लबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.