मेचीनगर, २८ चैत । मेची उद्योग बाणिज्य संघ देशभरिका संघहरू मध्ये उत्कृष्ट ´ख´ वर्गमा पर्न सफल भएको छ ।
आज काठमाडौंमा नेपाल उद्योग बाणिज्य महासंघकाे ५८ओैं बार्षिक साधारण सभामा संघलाई उत्कृष्ट घाेषणा गरिएको हाे ।
कार्यक्रमका प्रमुख अतिथि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मेची उद्योग बाणिज्य संघका अध्यक्ष खेमराज प्रसाईलाई उक्त सम्मान प्रदान गरेका हुन् ।
मुलुकभरिका ´ख` वर्गका २७ वटा उद्योग वाणिज्य संघहरुले आफुले सम्पन्न गरेको बार्षिक कार्यक्रममा सबैभन्दा उत्कृष्ट भएको आधारमा सम्मान गरेकाे संघका कार्यकारी निर्देशक गाेपाल वस्नेतले जानकारी दिए ।
देशभरिबाट माेरङ उद्योग बाणिज्य संघ ´क` र जुम्ला उद्योग बाणिज्य संघ ´ग` वर्गमा पर्न सफल भएको छ ।
संघले सम्पादन गरेको मुख्य गतिविधिहरु उद्योगहरुकाे प्राेफाइल, अक्सिजन प्लान्ट, नगरपालिकासँगकाे साझेदारी कार्यक्रम र सचिवालय व्यवस्थापन रहेकाे वस्नेतले बताए ।
यसपटक गरेर संघ ६ पटक उत्कृष्ट भएकाे बताइएकाे छ ।
Discussion about this post