मेचीनगर, ६ बैशाख । डिभिजन वन कार्यालय झापाका प्रमुख (डीएफओ) मेघराज राईले सरकारी तहको जिम्मेवार ठाउँमा बसेर जथाभावी बोल्न नमिल्ने बताएका छन् ।
आज दिउँसो काँकरभिट्टा माविको खेल मैदानमा पत्रकार सम्मेलनमा मेचीनगर–४ का वडाध्यक्ष समेत रहेका संरक्षणकर्मी अर्जुनकुमार कार्की लगायतले डिभिजन वन कार्यालय झापा र कालिका सामुदायिक वन उपभोक्ता समुहका मान्छेलाई पनि अनुसन्धानको दायरामा ल्याउनु पर्ने बताएका थिए ।
सोही विषयलाई लिएर डिभिजन वन कार्यालय झापाका प्रमुख मेघराज राईले वडाध्यक्ष कार्कीकै नाम लिएर सरकारी तहको जिम्मेवार व्यक्तिले जथाभावी बोल्न नमिल्ने बताए ।
उनले यदि त्यस्तो बोलेको हो भने झुट कुरा बोलेको दावी गरे । मृत हात्तीका विषयमा जानकारी भएसम्म पोष्टमार्टमको रिर्पोट सुरक्षाकर्मी र केन्द्रसम्म पुर्याएको उनको भनाई छ ।
‘पोष्टमार्टमबाट चाहिँने प्रमाण लिएका छौँ’, राईले भने–‘भन्ने वित्तिकै दोषी पत्ता लाग्दैन । समय आएपछि सबै सार्वजनिक हुन्छ । सरकारी अंगहरुले काम गरिरहेका छन् । खोजी कार्य भइरहेको छ ।’
Discussion about this post