४ श्रावण २०८२, शनिबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

फोटो फिचर

‘शी लीड्स’ कार्यक्रमले सहज बनायो : फुलमती राजबंशी

बैशाख ७, २०८१, ८:२५ .शुक्रबार
0
0
0
SHARES
32
VIEWS
Share on FacebookShare on Twitter

बिर्तामोड, ७ बैशाख । गौरीगञ्ज गाउँपालिकाकी अध्यक्ष फुलमती राजबंशीले ‘शी लीड्स’ अन्तरगतको कार्यक्रममा सहभागी भएपछि संविधान अनुसार नीति र कार्यविधिहरु बनाउन सहज हुने बताएकी छन् ।

आज बिर्तामोड स्थित सिदार्थ होटलमा दलित महिला केन्द्र नेपालले आयोजना गरेको ‘शी लीड्स’ अन्तरगतको ‘स्थानीय तहमा लैङ्गीक समानता तथा सामाजिक समावेशीकरण नीति’ कार्यक्रममा उनले यस्तो बताएकी हुन् ।

उनले कार्यपालिकामा, बजेट बनाउदा नीति र कार्यविधिमा छुटेका तथा व्यवस्थापन गर्न बाँकी कुराहरुलाई यो कार्यक्रमले सहज बनाईदिएको बताएकी हुन् ।

‘विगत केहि वर्षदेखि ‘शी लीड्स’ ले झापाका महिलाहरुलाई जुरुक्क उठाउने काम गरेको छ’, अध्यक्ष राजबंशीले भनिन्–‘विशेष गरेर दलित, अल्पसंख्यक र पिछाडी परेका महिलाहरुको क्षमता बृद्वि र सरकारमा प्रतिनिधित्व गराउन महत्वपूर्ण भूमिका खेलेको छ ।’

केन्द्रले झापाको ८ वटा पालिकाका मेयर÷अध्यक्ष, उपमेयर÷उपाध्यक्ष, प्रमुख प्रशासकिय अधिकृत, योजना शाखा प्रमुख, बालबालिका तथा सामाजिक शाखा प्रमुखहरुसँग उक्त विषयमा अन्तरक्रिया गरेको थियो । कार्यक्रममा पालिकाका प्रमुख तथा उपप्रमुखहरुले आ–आफ्नो ठाउँमा गरेका राम्रा कामका बारेमा जानकारी गराएका थिए ।

कार्यक्रममा गौरीगञ्ज गाउँपालिका अध्यक्ष राजबंशीले नीति तथा कार्यविधि बनाएर विपन्न समुदायलाई प्राविधिक शिक्षा पढ्न आर्थिक सहयोग, अपाङ्गता भएकाहरुलाई तरकारी खेती सम्बन्धी तालिम, चटपटे व्यवसाय, सिटीभिटी तालिम, सिलाई कटाई तालिम, हिंसा पीडित, ज्येष्ठ नागरिक, सुत्केरी, गर्भवतीलाई विशेष सहयोग रहेको बताइन् ।

त्यस्तै शिवसताक्षी नगरपालिका उपमेयर नरमाया कार्कीले कक्षा–३ सम्म लिम्बु भाषा पढाई भइरहेको, धार्मि तथा पर्यटन स्थलहरुका बारेमा पाठ्यपुस्तक निर्माण, माछामा आत्मनिर्भर, मौरी पालन, स्मार्ट विद्यालय, विपन्न तथा सुत्केरी महिलाहरुलाई एम्बुलेन्स, भिडियो एक्सरे सेवा लगायतको सहयोग गरेको बताइन् ।

कमल गाउँपालिका उपाध्यक्ष प्रमिला न्यौपानेले एकल महिलाहरुलाई ढाका, तान बुन्ने तालिम, अपाङ्गता भएकालाई रातो र निलो कार्डको व्यवस्था, ठेला वितरण, ७ वटै वडामा स्तनपान कक्ष, पेड भेन्टिन, कलेजमा वुहारी शिक्षा कार्यक्रम, स्वास्थ्य बीमा, बालमैत्री सेवा लगायतको राम्रो काम गरेको बताइन् ।

यसैगरी अर्जुनधारा नगरपालिका उपमेयर खड्गमाया पराजुलीले भक्का, मकै पोलेर बेच्ने, व्युटिपालर, ड्राइभिङ, दलित समुदायलाई परम्परागत बाजा बजाउने तालिम, ज्येष्ठ चौतारी, सुत्केरी, गर्भवती महिलालाई एम्बुलेन्स सेवा, स्तनपान कक्ष, बेहुली सिंगार, निःशुल्क कानूनी परामर्श, सांकेतिक भाषा तालिम, ढाका, तान बुन्ने, विपन्न समुदायका लागि लोकसेवा तयारी कक्षा, अपाङ्गता भएका विद्यार्थीलाई छात्रवृति, छात्रा शौचालय लगायतका काम गरिरहेको बताइन् ।

बुद्वशान्ति गाउँपालिका उपाध्यक्ष भवानीप्रसाद खतिवडाले ५७२ जनालाई स्वास्थ्य बीमा, दलित समुदायका लागि लोकसेवा तयारी कक्ष, प्राविधिक शिक्षा, बालबालिकालाई खाजाका लागि २५ रुपैयाँ, अपाङ्गता भएकालाई ह्युलचियर वितरण, ७ वटै वडामा कम्युटर शिक्षा लगायतका काम भइरहेको बताए ।

बिर्तामोड, दमक, मेचीनगर नगरपालिकाले पनि सोही अनुसारका कामहरु गरेको बताएका थिए । मेचीनगर नगरपालिकाका मेयर गोपालचन्द्र बुढाथोकी, उपमेयर मीना पोखरेल उप्रेती, सामाजिक विकास शाखाकी जयन्ती खरेल लगायतको सहभागिता रहेको थियो ।

कार्यक्रमका सहभागीहरुलाई परामर्शदाता नारायण कोइरालाले संघिय, प्रदेश र स्थानीय तहका कानून, नीति, कार्यविधि, बजेट, महिलालाई संविधानमा भएको ३३ प्रतिशतको अधिकार, सामाजिक समावेशी, समानुपातिक समावेशी, लैङगीक समानता लगायतका विषयमा प्रोजेक्टर मार्फत जानकारी दिएका थिए ।

केन्द्रले ‘शी लीड्स’ अन्तरगत २०७४, २०७९ सालको चुनाव र अन्य क्षेत्रमा पनि महिलाहरुलाई सशक्त बनाउने काम गरिरहेको छ । शनिबार दमकमा यस्तै कार्यक्रम हुने बताइएको छ ।

कार्यक्रममा दलित महिला केन्द्र नेपालकी झापा संयोजक सम्झना पोखरेल र प्रशिक्षक सोमराज ढकालले सहजीकरण गरेका थिए ।

पछिल्लो समाचार

डीएफओ राईले भने–वडाध्यक्ष कार्कीले जथाभावी बोल्न मिल्दैन

अघिल्लो समाचार

चियाको १७ वटा ट्रक भारतले रोक्यो

Related Posts

राप्रपा मेचीनगर अध्यक्षमा चन्द्र निरौला सर्वसम्मत
banner

राप्रपा मेचीनगर अध्यक्षमा चन्द्र निरौला सर्वसम्मत

साउन ४, २०८२, ६:२८ .शनिबार
पार्टीभित्र विचार नमिल्नेहरु बाटो तताउँदा हुन्छ : अध्यक्ष लिङ्देन
banner -1

पार्टीभित्र विचार नमिल्नेहरु बाटो तताउँदा हुन्छ : अध्यक्ष लिङ्देन

साउन ४, २०८२, ५:२९ .शनिबार
औषधि गोदाममा छापामार्दा ठुलो मात्रामा लागूऔषध भेटियो
box -2

औषधि गोदाममा छापामार्दा ठुलो मात्रामा लागूऔषध भेटियो

साउन ३, २०८२, ५:४२ .शुक्रबार
विद्युत कर्मचारीको करेन्ट लागेर मृत्यु
box -3

विद्युत कर्मचारीको करेन्ट लागेर मृत्यु

साउन ३, २०८२, ५:११ .शुक्रबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.