९ कार्तिक २०८२, आईतवार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

दनुवार वस्तीमा विद्यार्थी भर्ना अभियान

बैशाख ९, २०८१, १:४४ .आइतवार
0
0
0
SHARES
62
VIEWS
Share on FacebookShare on Twitter

मेचीनगर, ९ बैशाख । बालबालिकालाई शिक्षाबाट बन्चित गर्नु हुँदैन, विद्यालय पठाउनु पर्छ भन्ने उदेश्यका साथ मेचीनगरका युवाहरुको एक संस्थाले विद्यार्थी भर्ना अभियान सञ्चालन गरेका छन् ।

मेचीनगर–१० स्थित चेतनशिल सामुदायिक सिकाई केन्द्रले नयाँ वर्षको शैक्षिक सत्र सुरुसँगै विद्यार्थी भर्ना अभियान सञ्चालन गरेका हुन् ।

कुनै पनि बालबालिका शिक्षाबाट बन्चित हुनु हुँदैन विद्यालय जानुपर्छ भन्ने मुख्य उद्देश्यका साथ केन्द्रले शनिबार खयरडाँगी स्थित दनुवार वस्तीमा अभिभावक तथा विद्यार्थी भेला गराएर बिद्यार्थी भर्ना अभियान गरेको छ ।

कार्यक्रममा मेचीनगर–१० का वडाध्यक्ष नारायण खनालको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा प्रमुख अतिथि वडाध्यक्ष खनाल, धुलाबारी माविका प्रधानाध्यापक महेन्द्रविलास लुईटेल, शिशु साक्षर आधारभुत विद्यालयका प्रधानाध्यापक इन्द्रप्रसाद आचार्य, शिशु साक्षरका पूर्व व्यवस्थापन समिति अध्यक्ष वीपी भट्टराई, चेतनशिल युवा परिवारका पूर्व अध्यक्ष चेतन बिष्ट, वडा नम्बर १० का वडा सदस्य विशाल कार्की, अभिभावकको तर्फबाट बिन्ती चौधरी लगायतले शिक्षाको महत्व र यस क्षेत्रका बालबालिका विद्यालय जान नसक्नुका कारणसहित समस्याका बारेमा चर्चा गरेका थिए ।

कार्यक्रममा वडा नम्बर १० का वडा सदस्य जानुका थापा, शिशु साक्षर आधारभुत विद्यालयका सहायक प्रधानाध्यापक लोकनाथ ढकाल, मानव विकास एकता समाजका अध्यक्ष मोहन शिवाकोटी, खयरडाँगी क्याम्पस टोल विकास संस्थाका अध्यक्ष लीला खवास, पूर्वीद्वार बचत तथा ऋण सहकारी संस्थाका व्यवस्थापक प्रल्हाद खड्का, धुलाबारी खानेपानी उपभोक्ता समितिका कार्यसमिति सदस्य धनमाया गौतम लगायतको उपस्थिति रहेको थियो ।

चेतनशिल सामुदायिक सिकाई केन्द्रका अध्यक्ष उदय बराईलीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन संस्थाका उपाध्यक्ष धर्मेन्द्र खड्काले गरेका थिए ।

नयाँ वर्षसँगै मेचीनगरका सबै विद्यालयले भर्ना अभियानलाई तिव्रता दिइरहेका छन् । आ–आफ्नै तरिकाले विद्यार्थीहरुलाई आकर्षित गर्न विभिन्न अफरसहितका प्याकेजहरु अभिभावकमाझ लगिरहेका छन् ।

 

पछिल्लो समाचार

चियाको १७ वटा ट्रक भारतले रोक्यो

अघिल्लो समाचार

महाधिवेशन कर्मकाण्डी मात्र नबनोस्

Related Posts

कांग्रेस मेचीनगरले पनि भन्याे-´निर्णय पुनरावलोकन गर`
banner -2

कांग्रेस मेचीनगरले पनि भन्याे-´निर्णय पुनरावलोकन गर`

कार्तिक ९, २०८२, १२:५४ .आइतवार
छठ पर्वकाे धमाधम तयारी
box -3

छठ पर्वकाे धमाधम तयारी

कार्तिक ९, २०८२, ७:०८ .आइतवार
झापा महिला गाेल्डकप : पक्कीको स्थायी प्यारापिट निर्माण
banner -2

झापा महिला गाेल्डकप : पक्कीको स्थायी प्यारापिट निर्माण

कार्तिक ८, २०८२, ३:०१ .शनिबार
ध्रुबे हात्तीको आक्रमणबाट सैनिकको मृत्यु
banner -1

मेचीनगरमा हात्तीकाे आक्रमणबाट बालक घाइते

कार्तिक ८, २०८२, २:४२ .शनिबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.