मेचीनगर, १५ बैशाख । भारत पश्चिम बंगालको दार्जिलिङ जिल्लामा लोकसभा चुनावका कारण बन्द भएको भारतसँग सीमा जोडिएको झापाको सीमा नाका शनिबार विहानदेखि खुलेको छ ।
भारतको पश्चिम बंगालको दार्जिलिङ जिल्लामा अप्रिल २६ तारिक १८ औँ लोकसभाको चुनावका लागि झापा जिल्लासँग सिमाना जोडिएका नाका पाँच दिन बन्द भएको थियो ।
इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रमुख एवम् डीएसपी मिमबहादुर लामाले मंगलबार बेलुका ६ बजेदेखि बन्द भएको सीमा नाका शनिबार (आज) विहान ६ वजेदेखि पूर्णरूपमा खुलेको जानकारी दिए ।
Discussion about this post