इलाम, १५ बैशाख । इलाम–२ मा प्रतिनिधि सभा सदस्यका लागि उपनिर्वाचनको मतदान सुरु भएको छ ।
विहान ७ वजेदेखि मतदान सुरु भएसँगै प्रमुख दलका र मुख्य प्रतिस्पर्धी भनिएका उम्मेदवारहरूले मतदान गरेका छन् ।
नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले महेन्द्ररत्न बहुमुखी क्याम्पसको ‘ग’ केन्द्रबाट मतदान गरेका छन् । त्यही क्याम्पसको केन्द्रबाट सांसाद महेश बस्नेतले पनि मतदान गरे ।
नेपाली कांग्रेसका उम्मेदवार डम्बर खड्काले पनि मतदान गरिसकेका छन् । उनले महेन्द्ररत्न बहुमुखी क्याम्पसकै ‘क’ केन्द्रबाट मतदान गरेका हुन् ।
त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार मिलन लिम्बूले माङसेबुङ–२ दहगाउँ स्थित जनता कल्याण आधारभुत विद्यालयको ‘ख’ केन्द्रबाट मतदान गरेका छन् ।
सोही मतदान स्थलको ‘क’ केन्द्रमा इलामका जिल्ला समन्वय समिति प्रमुख जयप्रकाश राईले पनि मतदान गरे ।
स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले फाकफोकथुम गाउँपालिका–३ स्थित सिंहदेबी मावि शुक्रबारे ‘क’ केन्द्रमा मतदान गरेका छन् ।
Discussion about this post