इलाम, १५ वैशाख । इलाम–२ मा प्रतिनिधिसभा सदस्य चयनका लागि उपनिर्वाचन सम्पन्न भएको छ ।
मतदान शान्तिपूर्ण र उत्साहपूर्ण रहेको निर्वाचन आयोगले जनाएको छ । तर २०७९ साल मंसिर ४ गते भएको चुनावमा भन्दा कम मतदान भएको छ ।
आयोगले शनिबार साँझ जारी गरेको विज्ञप्ति अनुसार इलाम–२ मा ५८ प्रतिशत मतदान भएको छ । यद्यपि निर्वाचन आयोगले मतदानको विवरण आयोगको प्रणालीमा प्रविष्ट गर्ने काम भइरहेको बताएको छ ।
उपनिर्वाचनमा इलाम–२ मा १ लाख १५ हजार ८८९ मतदाता थिए । ०७९ मा इलाम–२ मा ५९ दशमलव ७८ प्रतिशत मतदान भएको थियो ।
इलाम नगरपालिका–७ स्थित गौतम बुद्ध सभागृहमा राति ११ बजेभित्र मतपेटिका संकलन हुने आयोगले जनाएको छ ।
Discussion about this post