इलाम, १६ बैशाख । इलाम–२ को मतगणना ११ वजेदेखि फाकफोकथुम गाउँपालिकाबाट सुरु गरिने निर्णय भएको छ ।
आज विहान ७ वजे बसेको सर्वदलीय बैठकले मतगणना ११ वजेदेखि फाकफोकथुम गाउँपालिकाबाट सुरु गरिने निर्णय गरेको हो ।
त्यसपछि क्रमशः चुलाचुली गाउँपालिका, माङ्सेबुङ गाउँपालिका, माई, देउमाई र इलाम नगरपालिकाको मतगणना हुनेछ ।
वडा वडाको मतगणनापछि मात्र परिणाम सार्वजनिक गरिने सर्वदलीय वैठकको निर्णय रहेको छ ।
यस्तो छ निर्णयहरु :
इलाम क्षेत्र नं.–२ प्रतिनिधि सभा सदस्य उपनिर्वाचन–२०८१ मतगणना सम्बन्धमा ।
– स्थान गौतम बुद्ध सभाहल (सिटी हल) इनपा–७
– २०८१÷१÷१६ गते बिहानको ११ बजेदेखि गणना हुने ।
– गणना पहिला फाकफोकथुम गाउँपालिकाको हुने त्यसपछि चुलाचुली गाउँपालिका, माङसेबुङ गाउँपालिका, माई नगरपालिका, देउमाई नगरपालिका र अन्त्यमा इलाम नगरपालिकाको गणना हुने ।
– वडागत रुपमा वडा नं. १ देखि शुरू हुने गणना हुने ।
– मतगणना प्रतिनिधि पास पहिलो चरणमा ४ जनालाई उपलब्ध गराउने ।
– २ ठाउँबाट गणना हुने ।
– इलाम क्षेत्र नं.–२ का मतदाता मात्र मतगणनामा प्रतिनिधि बस्न पाउने ।
– मिडिया डेस्कबाट सूचना प्रसारणलाई व्यवस्थित गर्ने ।




Discussion about this post