इलाम, १६ बैशाख । इलाम-२ को मतगणना जारी छ ।
इलाम बजार स्थित गाैतमबुद्व सभा गृहमा करिव १२ वजेदेखि सुरू मतगणनाकाे पहिलाे चरणकाे प्रारम्भिक मत परिणाम आएको छ ।
अहिले भर्खरै प्राप्त जानकारी अनुसार नेकपा एमालेका उम्मेद्वार सुहाङ नेम्बाङकाे सूर्य चिन्हकाे १६३० , नेपाली कांग्रेसका डम्बर खड्काकाे रूखकाे १६५८ , रास्वपाका मिलन लिम्बूकाे घण्टीकाे ३०८, पहिचानवादी समुहका डकेन्द्रसिंह थेगिमकाे मुढाकाे ४३० पहिलाे चरण मत ल्याएका हुन् ।
अहिले फाकफोकथुम गाउँपालिका वडा नम्बर १ काे मतगणना भइरहेकाे छ ।
फाकफोकथुमकाे वडा नम्बर १, २ र ३ काे मतगणना भइरहेकाे छ ।
इलाम-२ मा शनिबार सम्पन्न उपनिर्वाचनमा ६९ हजार २८७ मत खसेकाे छ ।
Discussion about this post