४ माघ २०८२, आईतवार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

पत्रकारहरु सम्मानित

पत्रकार महासंघ झापा शाखाको अधिवेशन स्थगित

बैशाख १८, २०८१, १:४५ .मङ्लबार
0
0
0
SHARES
68
VIEWS
Share on FacebookShare on Twitter

बिर्तामोड, १८ बैशाख । नेपाल पत्रकार महासंघ झापा शाखाको १४ औँ जिल्ला अधिवेशन स्थगित भएको छ ।

सोमबार बिर्तामोड स्थित अतिथि सदनको सभाहलमा आयोजित कार्यक्रमको बन्दसत्रमा गणपुरक संख्या नपुगेपछि नेपाल पत्रकार महासंघ झापा शाखाको १४ औँ जिल्ला अधिवेशन स्थगित भएको हो ।

उद्घाटन सत्र भव्यरुपमा सम्पन्न भएपनि बन्द सत्रमा गणपुरक संख्या नपुगेपछि नेपाल पत्रकार महासंघका केन्द्रीय प्रतिनिधि अमर खड्का र महासंघका कोशी प्रदेशकी प्रतिनिधि हिमा चेम्जोङले अधिवेशन स्थगित गरेका हुन् ।

बन्द सत्रमा गणपुरक संख्या नपुगे पनि महासंघका प्रतिनिधिहरुले विधिसम्मत ढंगले नचाएर पेलेर जान खोजेपछि प्रेस चौतारी नेपाल लगायतका संगठनहरुले बाध्य भएर विरोध गरेपछि अधिवेशन स्थगित भएको हो ।

उद्घाटन सत्रमा महासंघ झापाका १६० जना पत्रकार उपस्थित भएपनि बन्दसत्रमा ८५ जनामात्र उपस्थित भएका थिए । विधान अनुसार बन्दसत्रमा झापा शाखाका पुराना २५५ र नयाँ ३६ जनासहित २९१ जना सदस्यमध्ये ५१ प्रतिशत पुग्नु पथ्र्यो । तर, जम्मा ८५ जना मात्रले हाजिरी गरेका थिए ।

महासंघको उद्घाटन सत्रमा प्रमुख अतिथि प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे, नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा, नेपाल पत्रकार महासंघकी केन्द्रीय उपाध्यक्ष बाला अधिकारी, नेकपा माओवादी केन्द्र कोशी प्रदेशका संसदियदलका नेता एवम् पूर्वमन्त्री इन्द्र आङ्वो लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

पत्रकारहरु सम्मानित

सोही अवसरमा महासंघले पत्रकारहरुलाई समेत सम्मान गरेको छ । झापा शाखाले मोतिराम पत्रकारिता पुरस्कार यसवर्ष दुई जना पत्रकारहरुलाई संयुक्त रुपमा प्रदान गरेको छ । एक लाख १ हजार १११ रुपैयाँ सहितको उक्त पुरस्कार दुई पूर्व अध्यक्षहरु केशव आचार्य र कृष्ण हुँमागाईलाई संयुक्त रुपमा प्रदान गरिएको थियो ।

त्यस्तै केटो पत्रकारिता पुरस्कार पूर्वाञ्चल अनलाइन डटकमका संयोजक नरेन्द्र ढकाललाई नगद २५ हजार ५५५ रुपैयाँ, २५ हजार राशीसहितको लैङ्गिक समानता पत्रकारिता पुरस्कार २०७९ लीला अनमोललाई र २०८० को पुरस्कार रेजिना गौतमलाई प्रदान गरिएको थियो ।

यसै बर्षबाट महासंघ झापाले स्थापना गरेको समावेशी सक्रिय पत्रकारिता पुरस्कार नगद २५ हजार ५ सय ५५ रुपैयाँसहित पत्रकार गणेशमान मुखियालाई प्रदान गरिएको छ । पत्रकार महासंघ झापाले यसैबर्षदेखि सञ्चार क्षेत्रका विविध विद्यालाई समेटेर समाज रुपान्तरणमा योगदान दिने पत्रकारहरुलाई जनही ११ हजार नगदसहित पत्रकारिता पुरस्कार प्रदान गरेको छ ।

अनलाइन पत्रकारिता पुरस्कार शब्दपत्र डटकमका सम्पादक उद्धव पुरी प्रदान गरिएको, छापा पत्रकारिता पुरस्कार मेची साप्ताहिकका सम्पादक झुलन रेग्मीलाई, टेलिभिजन पत्रकारिता पुरस्कर हिमशिखरका सुदिप अधिकारीलाई र रेडियो पत्रकारिता पुरस्कार रेडियो भिजनका पुष्प बराललाई प्रदान गरेको छ ।

त्यस्तै उदीयमान पत्रकारिता पुरस्कार आँगन एफएमका चन्द्र बस्नेत र खवरमञ्च साप्ताहिक पत्रिकाका सम्पादक प्रकाश पौडेललाई प्रदान गरेको छ । उक्त पुरस्कारको राशी जनही ११ हजार १११ रुपैयाँ रहेको छ । कार्टुन पत्रकारिताबाट पवन राजवंशीलाइ सम्मान गरिएको थियो ।

यसैवर्षदेखि नेपाल पत्रकार महासंघ झापा शाखाद्वारा प्रदान गरिने गरी स्थापना भएको हेम सरिता फाउण्डेशन टेक्सास अमेरिकाले संयोजन गरेको ‘टंक प्रसाद रमादेवी पाठक पत्रकारिता पुरस्कार’ भद्रपुर निवासी पत्रकार राजवावु शंकरलाई नगद ५० हजार ५५५ रुपैयाँसहित प्रदान गरएको थियो ।

त्यसैगरी अधिवेशनकै अवसरमा ११ जना अग्रज पत्रकारहरुलाई दीर्घ सेवा सम्मान प्रदान गरिएको थियो । सम्मानीत हुने हरुमा नकुल काजी, गोबिन्दचन्द्र छेत्री, गञ्जबहादुर दाहाल, शिरो सान्दाई, लीला बराल, लेखनाथ पदरेशी, गोपाल गिरी, चिन्तामणि दाहाल, नेत्र पाठक, केशव आचार्य र लक्ष्मण ढकाल छन् । कार्यक्रममा मेची–महाकाली पहिलो साइकल यात्री मुक्ति पौडेललाई समेत सम्मान गरिएको थियो ।

पत्रकार महासंघका सस्थापक महासचिव चन्द्र भण्डारीले सम्मानित व्यक्तिहरुको नाम घोषणा गरेका थिए । सोही अवसरमा शाखाको चौथौ अंक वुलेटीन समेत विमोचन गरिएको थियो ।

नेपाल पत्रकार महासंघ झापा शाखाका अध्यक्ष एकराज गिरीको अध्यक्षतामा सम्पन्न उद्घाटन सत्रको स्वागत उपाध्यक्ष केशव भट्टराई र सञ्चालन सचिव डिकेश लामाले गरेका थिए ।

पछिल्लो समाचार

रास्वपाको १० प्रतिशत मत नपुगेपछि जमानत जफत

अघिल्लो समाचार

काँकरभिट्टा खानेपानीकाे साधारणसभा सुरू

Related Posts

झापा–१ मा पाँच पार्टीका ५ जना उम्मेदवार तय
banner

झापा–१ मा पाँच पार्टीका ५ जना उम्मेदवार तय

माघ ४, २०८२, २:१९ .आइतवार
झापा–१ बाट एमालेका रामचन्द्र उप्रेती उम्मेदवार
banner -1

झापा–१ बाट एमालेका रामचन्द्र उप्रेती उम्मेदवार

माघ ४, २०८२, १:१० .आइतवार
झापा-१ काे निर्वाचन अधिकृतकाे कार्यालय मेचीनगरमा स्थापना
banner -2

झापा-१ काे निर्वाचन अधिकृतकाे कार्यालय मेचीनगरमा स्थापना

माघ २, २०८२, ९:०२ .शुक्रबार
बिर्तामोडमा माघ ३ र ४ गते सुपर सिक्स क्रिकेट
box -3

बिर्तामोडमा माघ ३ र ४ गते सुपर सिक्स क्रिकेट

माघ १, २०८२, ११:२९ .बिहिबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.