मेचीनगर, १८ बैशाख । नेपाली कांग्रेसका महामन्त्री एवम् झापा क्षेत्र नम्बर १ का निर्वाचित प्रतिनिधि सभा सदस्य विश्वप्रकाश शर्माले काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाकाे २८ औँ वार्षिक साधारण सभाकाे उद्घाटन गरेका छन् ।
आज आफ्नै संस्थाकाे सभा हलमा आयोजित सभाकाे प्रमुख अतिथ शर्माले पानसमा वत्ती बालेर साधारण सभाकाे उद्घाटन गरेका हुन् ।
कार्यक्रममा विशिष्ठ अतिथका रूपमा संविधान सभा सदस्य रविन काेइराला, काेशी प्रदेश सभा सदस्य गाेपाल तामाङ, पूर्व प्रदेश सभा सदस्य श्रीप्रसाद मैनाली, मेचीनगर नगरपालिका पूर्व मेयर विमल आचार्य लगायतकाे उपस्थिति रहेकाे छ ।
मेचीनगर नगरपालिका उपमेयर मीना पाेखरेल उप्रेतीले शुभकामना मन्तव्य दिएर गइसक्नु भएको छ ।
काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाका अध्यक्ष राजकुमार पराजुलीले वार्षिक प्रतिवेदन प्रस्तुत गरिरहेका छन् ।
कार्यक्रमकाे स्वागत उपाध्यक्ष गाेविन्द गिरीले र सञ्चालन सचिव दिलिपजंग सुब्बाले गरेका छन् ।
याे वार्षिक साधारण सभाले नयाँ नेतृत्व पनि चयन गर्नेछ । चुनाव एक महिनापछि हुने संस्थाले जनाएकाे छ ।
Discussion about this post