मेचीनगर, २३ बैशाख । हिमालयन एकाडेमी सुपर सिक्स क्रिकेट प्रतियोगिताको उपाधि धुलाबारी टाइगर्सले जितेको छ ।
मेचीनगर–९ स्थित ड्राइगन–११ युथ क्लबको आयोजनामा भएको प्रतियोगिताको फाइनलमा चर्सि सुपर सिक्सर दमकलाई १० रनले पराजित गर्दै धुलाबारी च्याम्पियन बनेको हो ।
टस हारेर पहिलो ब्याटिङको निम्तो पाएको धुलाबारीले ७३ रन बनायो । ७४ रनको विजयी लक्ष्य पछ्याएको दमकले निर्धारित ओभरमा ६३ रन मात्र बनायो ।
सेमिफाइनलमा धुलाबारीले बिर्तामोड सुपर पन्चलाई २६ रनले तथा चर्सी सुपर सिक्सर दमकले बिर्तामोड १ लाई २२ रनले हराउँदै फाइनल यात्रा तय गरेको थियो । च्याम्पियन बनेसँगै धुलाबारी टाइगर्सले नगद ३० हजार तथा उपविजेता चर्सी सुपर सिक्सर दमकले २० हजारसहित ट्रफी प्रमाणपत्र प्राप्त गरे ।
मेचीनगर–९ को टिमाई बाटिका खेल मैदानमा आयोजित क्रिकेट प्रतियोगितामा धुलाबारी टाइगर्सका नृत्य खडौलिया म्यान अफ दी म्याच र म्यान अफ दी टुर्नामेन्ट, बेष्ट बलर रोबर्ट राई, इमर्जिङ प्लेयर समिर रसाइली, क्याच अफ दी म्याच विपिन कार्की, सिक्सेस अफ दी म्याच नितेश सहनी घोषित भएसँगै नगदसहित ट्रफी प्राप्त गरे ।
प्रतियोगितामा एनएमसी काँकरभिट्टा, बिर्तामोड सुपर पन्च, ब्लाक कोब्रा, धाइजन बोइज, ड्राइगन–११, हिमालयन एकाडेमी कलेज, बिवाईसीसी बिर्तामोड, धुलाबारी टाइगर्स, चर्सी सुपर सिक्र्स दमक, सरस्वती क्रिकेट एकाडेमी, हल्दीबारी, च्यावलनी गाउँ, एचएमसी, बिर्तामोड–१, भद्रपुर वारियर्स, मेचीनगर–८ को सहभागतिा रहेको थियो ।
मेचीगनर नगर प्रमुख गोपालचन्द्र बुढाथोकीको प्रमुख आतिथ्य रहेको कार्यक्रममा उपप्रमुख मीना पोखरेल उप्रेती, मेचीनगर–९ का वडाध्यक्ष कञ्चन तामाङ, वडा सदस्य राजन खड्का, हिमालयन एकाडेमीका प्रिन्सिपल जगत तामाङ, टिमाई बाटिका पार्कका अध्यक्ष होमनाथ पौडेल, रविनसन थापा लगायतको आतिथ्यता रहेको थियो ।
कार्यक्रमको सञ्चालन ड्राइगन–११ युथ क्लबका अध्यक्ष राजु धिमालले गरेका थिए ।
Discussion about this post