२३ बैशाख २०८३, बुधबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

वाइसीएल झापा अध्यक्षमा डेबिट शाही

बैशाख २३, २०८१, ३:४५ .आइतवार
0
0
0
SHARES
8
VIEWS
Share on FacebookShare on Twitter

बिर्तामोड, २३ बैशाख । नेकपा माओवादी केन्द्रको भातृ संगठन योङ्ग कम्युनिस्ट लिग (वाइसीएल) नेपाल झापाको छैटौँ जिल्ला भेलाले डेबिट शाहीको नेतृत्वमा नयाँ कार्य समिति चयन गरेको छ ।

शनिबार बिर्तामोड स्थित सिटी सेन्टरमा सम्पन्न भेलाले अध्यक्ष शाहीको नेतृत्वमा नयाँ कार्य समिति चयन गरेको हो ।

समितिको वरिष्ठ उपाध्यक्षमा हिमाल विष्ट, उपाध्यक्षद्वयमा विनोद नेम्बाङ र बुद्धिमान तामाङ, सचिवमा जनक ल्वागुन, सहसचिवमा प्रेम राना मगर, रुद्र राउत, सन्तोष विश्वकर्मा र समीर लिम्बु र कोषाध्यक्षमा मेनुका राजवंशी चयन भएका छन् ।

वाइसीएल नेपालका केन्द्रीय सदस्य डम्बर पुलामी (कर्म) ले नयाँ समितिको नाम उद्घोष गरेका थिए ।

झापाका १५ वटै पालिकाबाट १ महिला अनिवार्यसहित ७५ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको वाइसीएल नेपाल झापाका संस्थापक अध्यक्षसमेत रहेका नेकपा माओवादी केन्द्र झापाका संयोजक राजु आचार्य (अग्नि)ले जानकारी दिए ।

कार्यक्रममा वाइसीएल झापाका संस्थापक तथा विभिन्न जिल्लामा संस्थापक अध्यक्षको जिम्मेवारी सम्हालेर हाल झापामा बसोबास गरिरहेका नेतृत्वलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा वाइसीएलका मेची ब्युरो संस्थापक अध्यक्ष इन्द्र आङ्बो (मौसम), झापाका संस्थापक अध्यक्ष राजु आचार्य, पूर्व अध्यक्ष तथा संस्थापक उपाध्यक्ष डिल्ली घिमिरे (हिक्मत), पूर्व अध्यक्षहरू मोहन नेम्बाङ (सञ्चार), डम्बर पुलामी (कर्म), दलबहादुर तामाङ, कुमार आचार्य, तेह्रथुमका संस्थापक अध्यक्ष खड्ग कन्दङ्वा (रोशन), मोरङका संस्थापक अध्यक्ष कुलप्रसाद सावा (कुशल), सङ्खुवासभाका संस्थापक अध्यक्ष अस्मिता तामाङ कन्दङ्वा, झापाका संस्थापक सचिव मोहन टुडु (सरोज), कोषाध्यक्ष निर्मला खतिवडा (निरु) र सदस्य रञ्जिता जबेगु निङवालाई सम्मान गरिएको थियो ।

उनीहरूलाई कार्यक्रमका प्रमुख अतिथि माओवादी केन्द्रका केन्द्रीय उपमहासचिव एवम् कोशी प्रदेश इन्चार्ज हरिबोल गजुरेलले सम्मान गरेका थिए ।

सोही अवसरमा वाइसीएलले झापामा सञ्चालन गरेको एकल नृत्य प्रतियोगिताबाट टप फाइभमा पर्न सफल प्रतियोगीहरूको फिनालेसमेत सम्पन्न भएको थियो ।

प्रतियोगितामा प्रथम हुने दमककी सञ्चिता लिम्बुले नगद २० हजार, दोस्रो हुने शिवसताक्षीका करण गदाइलीले नगद १५ हजार, तेस्रो हुने कनकाईका राजेश बस्नेतले नगद १० हजार, सान्त्वना हुने कनकाईका असरफ खान र शिवसताक्षीकी सन्तोषी राजवंशीले जनही नगद ५ हजारसहित सम्मान पत्र प्राप्त गरेका थिए ।

वाइसीएल झापाका अध्यक्ष राजकुमार विश्वकर्मा (राजु) को अध्यक्षतामा भएको कार्यक्रममा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवम् कोशी प्रदेश स्कुल विभाग प्रमुख अजम्बर काम्बाङ राई, कोशीका संसदीय दलका नेता इन्द्र आङ्बो, वाइसीएल नेपालका केन्द्रीय अध्यक्ष सुबोध श्रीपालि, पार्टीका केन्द्रीय सदस्यहरू डम्बर पुलामी मगर (कर्मा), कुमार आचार्य, कुलप्रसाद साम्बा लिम्बु, रञ्जित तामाङ, हरि राना, लक्ष्मी न्यौपाने सरु, सुशीला घिमिरे सामना, केन्द्रीय सदस्य तथा युवा, विद्यार्थी फ्याक्सन इन्चार्ज मुक्साहाङ मेन्याङ्बो लगायतको उपस्थिति रहेको थियो ।

राजेश घतानीले सञ्चालन गरेको कार्यक्रममा करिव १५ सय युवाहरूको उपस्थिति रहेको थियो ।

यसैबीच कार्यक्रममा सहभागी हुन झापाको दक्षिणी भेगबाट आएका वाइसीएलका कार्यकर्ता गाडी दुर्घटनामा परेर १५ जना घाइते भएका थिए । उनीहरुको जिल्लाका विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

पछिल्लो समाचार

धुलाबारी टाइगर्स च्याम्पियन

अघिल्लो समाचार

आयोगमा अशोक राईको नेतृत्वमा जसपा पार्टी प्रस्ताव

Related Posts

मेचीनगरले थाल्यो विद्यालयमा लागूऔषध रोकथामको अभियान
banner

मेचीनगरले थाल्यो विद्यालयमा लागूऔषध रोकथामको अभियान

बैशाख २२, २०८३, २:११ .मङ्लबार
´जनतालाई सूचनाबाट बन्चित गराउनु निरंकुशता हाे`
box -3

´जनतालाई सूचनाबाट बन्चित गराउनु निरंकुशता हाे`

बैशाख २१, २०८३, १:४९ .सोमवार
बाणिज्य संघ चुनाव : १६ पदका लागि ३२ जनाकाे उम्मेदवारी
box -2

बाणिज्य संघ चुनाव : १६ पदका लागि ३२ जनाकाे उम्मेदवारी

बैशाख २०, २०८३, १२:३० .आइतवार
कपिलकाे नेतृत्वमा समावेशी व्यवसायी प्यानलकाे उम्मेदवार घाेषणा
banner -1

कपिलकाे नेतृत्वमा समावेशी व्यवसायी प्यानलकाे उम्मेदवार घाेषणा

बैशाख २०, २०८३, ७:५५ .आइतवार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.