झापा, २३ वैशाख । जनता समाजवादी पार्टी नेपाल विभाजन गर्ने गरी अशोक राईसहित ७ जना सांसदले दिएको निवेदन निर्वाचन आयोगमा दर्ता भएको छ ।
राईसहित सांसदहरू नवलकिशोर साह सुड्डी, रञ्जु झा, वीरेन्द्रप्रसाद महतो, प्रदीप यादव, हसीना खान र सुशीला श्रेष्ठले निवेदन दिएका छन् ।
साह संघीय सरकारमा वन तथा वातावरण मन्त्री समेत छन् । जसपा नेपालसँग प्रतिनिधि सभामा १२ सांसद छन् ।
जसपा फेरि फुटेको छ । संघीय परिषद् अध्यक्ष ओशक राईले बहुमत सांसदको समर्थनमा आफ्नो नेतृत्वमा नयाँ दल दर्ताका लागि आइतबार दिउँसो निर्वाचन आयोगमा निवेदन दर्ता गराएका थिए ।
जसपा अध्यक्ष उपेन्द्र यादव उपप्रधान तथा स्वास्थ्यमन्त्री छन् । मन्त्री यादव अमेरिका भ्रमणमा रहेका बेला बहाल वाला वन तथा वातावरण मन्त्री नवलकिशोर साह सुडी समेतको संलग्नतामा अशोक राई समूहले नयाँ दल दर्ताका लागि निवेदन दिएका थिए ।
नयाँ दलको नाम जनता समाजवादी पार्टी प्रस्ताव गरिएको छ, जसको अध्यक्षमा अशोक राई र संघीय परिषद् अध्यक्ष राजेन्द्र श्रेष्ठलाई प्रस्ताव गरिएको छ ।
Discussion about this post