झापा, ११ जेठ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) कोशीको संसदीय दलको प्रमुख सचेतकमा सबिना बजगाई नियुक्त भएकी छन् ।
संसदीय दलका नेता भक्तिप्रसाद सिटौलाले मंगलबार सांसद बजगाईलाई प्रमुख सचेतकमा नियुक्त गरेका हुन् ।
राप्रपा प्रदेशसभा संसदीय दलको विधानमा व्यवस्था भएअनुसार बजगाईलाई कोशीको संसदीय दलको प्रमुख सचेतमा नियुक्त गरिएको सिटौलाले जानकारी दिए ।
गत मंसिर ४ मा सम्पन्न भएको प्रदेशसभा निर्वाचनमा बजगाई झापाको प्रदेशसभा निर्वाचन क्षेत्र १ को (ख) बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएकी थिइन् ।
Discussion about this post