मेचीनगर, १४ जेठ । झापामा गर्मी अत्यधिक बढेपछि मेचीनगरका विद्यालयहरुमा सोमबार दिइएको विदा फिर्ता भएको छ ।
मेचीनगर नगरपालिकाले सोमबार मौशममा सुधार भएको भन्दै विद्यालय विदा फिर्ता लिएको हो ।
मेचीनगर नगरपालिका शिक्षा शाखा प्रमुख होमनाथ भण्डारीले आज राति वर्षाभइ मौशसमा सुधार भएकोले विद्यालयहरु साविक बमोजिम सूचारु गर्न आग्रह गरेका छन् ।
उनले सामाजिक सञ्जालमा स्टाटस लेखेर नगरमा सञ्चालित सबै सामुदायिक विद्यालय, संस्थागत र धार्मिक विद्यालय, सम्बन्धीत अभिभावक, शिक्षक र विद्यार्थीहरुलाई यसै सूचनाद्वारा जानकारी गराएको बताएका छन् ।
शिक्षा शाखाले हिजो एक विज्ञप्ती जारी गरेर अत्यधिक गर्मी बढेपछि विद्यालयमा पठनपाठनमा समस्या भएपछि सोमबार एक दिनलाई बिदा दिने निर्णय गरेको थियो ।
Discussion about this post