झापा, १३ जेठ । नेपाल प्रेस युनियन झापाले स्थापना दिवसको अवसरमा अग्रज पत्रकार लक्ष्मी लुइँटेल र उदीयमान पत्रकार सञ्जु शिवाकोटी पुरस्कृत गरेको छ ।
नेपाल प्रेस युनियनको ३३ औं स्थापना दिवसको अवसर पारेर आज बिर्तामोडमा नेपाल प्रेस युनियन झापाले आयोजना गरेको शुभकामना आदान–प्रदान तथा सम्मान कार्यक्रममा उक्त पुरस्कार वितरण गरिएको हो ।
युनियनको झापा शाखाद्वारा स्थापित टंकप्रसाद–रमादेवी पत्रकारिता पुरस्कारबाट पत्रकार लक्ष्मी लुइटेल र रमादेवी–टंकप्रसाद पाठक स्मृति पत्रकारिता पुरस्कारबाट सञ्जु शिवाकोटी सम्मानित भएका हुन् ।
दुबै पुरस्कारको नगद राशी जनही ११ हजार रहेको छ । उक्त पुरस्कार टंकप्रसाद र रमादेवी पाठकका छोराबुहारी यज्ञप्रसाद–सकुन्तला पाठक र कृष्णकुमार–टिकादेवी संग्रौलाले दुई बर्षअघि स्थापना गरेका थिए ।
कार्यक्रममा प्रमुख अतिथि नेपाली कांग्रेस झापाका सभापति देउमान थेबे, सचिव कृष्ण हुमागाई, प्रेस युनियनका केन्द्रीय सचिव रेजिना गौतम, युनियन कोशी प्रदेश उपाध्यक्ष ज्ञानेन्द्र निरौला, नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरी, नेपाल पत्रकार महासंघका निवर्तमान अध्यक्ष तारामणि सापकोटा, प्रेस चौतारी झापाका अध्यक्ष मनकुमार गदाल, समाजवादी प्रेस संगठनका अध्यक्ष शम्भुजित दाहाल, मिडिया नेपाल झापाका अध्यक्ष रञ्जित प्रसाई, प्रेस सेन्टर झापाका सचिव पुष्प खड्का, सञ्चारिका समूह झापाका अध्यक्ष लीला अनमोल लगायतले शुभकामना मन्तब्य राखेका थिए ।
प्रेस युनियन झापाका अध्यक्ष गिरिराज भट्टराईको अध्यक्षता, स्वागत निवर्तमान अध्यक्ष इन्दु पूर्वेलीले र सञ्चालन सचिव अर्जुन राजवंशीले गरेका थिए ।
Discussion about this post