झापा,३१ जेठ । प्रेस चौतारी झापाका संस्थापक अध्यक्ष एवम् अग्रज पत्रकार नेत्रप्रसाद पाठकको निधन भएको छ ।
७२ वर्षीय पाठकको आज विहान साढे ९ वजे बिर्तामोड नगरपालिका-४ स्थित मेथिवारी टाेलकाे नीजि निवासमा निधन भएको हो ।
पाठक तीन वर्षयता दम, निमोनिया, प्रोस्टेट क्यान्सर र ब्रेनको नशासँग सम्बन्धित समस्याका कारण घरमै उपचार र आराम गर्दै आएका थिए ।
पूर्वशिक्षक समेत रहेका पाठकले लामो समय शिक्षण पेशा र नेपाल शिक्षक संगठनको नेतृत्व गरेका थिए । पाठक भद्रपुरबाट प्रकाशित स्वाधिन संम्वाद साप्ताहिकको सम्पादकीय नेतृत्वमा समेत क्रियाशिल थिए ।
उनकी पत्नी सीता पाठक, छोरा विज्ञान, बुहारी हिमा, छोरी एलिजा र एक नाति रहेका छन् । उनको अन्त्येष्टी शुक्रवार छोरा बिदेशबाट आइपुगेपछि गरिने पारिवारिक स्रोतले जनाएको छ ।
पाठकको निधनले झापाको पत्रकारितामा अपुरणीय क्षति पुगेको छ । उनकाे निधनमा शिक्षकका संघ-संगठन र स्थानीयबासीहरू स्तब्ध बनेका छन् ।
Discussion about this post