कचनकवल, १२ असार । कचनकवल गाउँपालिकामा गोमन सर्पले टोकेर एक बालिकाको मृत्यु भएको छ ।
कचनकवल गाउँपालिका–३ स्थित गंगा बस्तीका हरि राजवंशीकी छोरी अन्दाजी १३ वर्षीया मनिषा राजवंशीलाई सर्पले डस्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
मंगलबार घरमा बसिरहेको समयमा उनलाई गोमन सर्पले डसेको प्रहरीले जनाएको छ । तत्काल उनलाई बनियानीको सर्पदंश उपचार केन्द्रमा प्राथमिक उपचार गरिएको थियो ।
उनको अवस्था गम्भीर भएपछि थप उपचाारका लागि बिर्तामोड ल्याउँदै गर्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता एवम् डीएसपी कृष्ण चन्दले जानकारी दिए ।
Discussion about this post