मेचीनगर, १२ असार । मेचीनगर नगरपालिकाले हरेक वर्ष उत्कृष्ट पत्रकारलाई ‘विकास पत्रकारिता पुरस्कार’ प्रदान गर्ने भएको छ ।
मेचीनगर नगरपालिकाको आगामी आर्थिक बर्ष २०८१÷८२ को नीति तथा कार्यक्रममा उक्त विषय प्राथमिकताका साथ समेटेको छ ।
सोमबार मेचीनगर नगरपालिकाकी उपमेयर मीना पोखरेल उप्रेतीले प्रस्तुत गरेको प्रस्तावित बजेटमा
सूचना तथा सञ्चार सम्बन्धी नीति अन्तरगत बुँदा नम्बर ५.४ मा हरेक वर्ष समाचार संप्रेषण गर्ने उत्कृष्ट सञ्चारकर्मिलाई ‘विकास पत्रकारिता पुरस्कार’को व्यवस्था गरिने भनिएको छ ।
प्रत्येक वर्ष दिइने उक्त पुरस्कारको राशी भने खुलाइएको छैन । आज सम्पन्न हुने दोस्रो नगरसभाको पाँचौँ नगरअधिवेशनले उक्त पुरस्कारको राशी तय गर्नेछ ।
मेचीनगर नगरपालिकाले उक्त पुरस्कार पहिलो पटक नीति तथा कार्यक्रममा समावेश गरेको छ ।
यसैगरी, सञ्चार प्रतिष्ठान मार्फत व्यवस्थित रुपमा कार्यक्रम सञ्चालन गर्न सञ्चार प्रतिष्ठान सम्बन्धी आवश्यक कानूनको निर्माण गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।
Discussion about this post