बिर्तामोड, १४ असार । नेपाल जेसीजले ४० वटा शाखालाई एकैठाउँ भेला गरेर दुई दिवसीय कार्याशाला सुरु गरेको छ ।
आज बिर्तामोडमा कार्यक्रमको प्रमुख अतिथि मेचीनगर नगरपालिका उपमेयर मीना पोखरेल उप्रेतीले उद्घाटन गरेपछि ‘एरिया ए’का लागि ‘इन्पावरिङ एसजी’ दुईदिने कार्याशाला सुरु भएको हो ।
कार्यक्रममा प्रमुख अतिथि उपमेयर उप्रेतीले जेसीजले अवलम्बन गरेको नीति र नारा सबैका लागि जीवन उपयोगी हुने बताइन् ।
उनले युवाको नेतृत्व र क्षमता विकासमा जेसीजको भूमिका उदाहरणीय रहेको बताइन् ।
कार्यक्रममा बिशिष्ट अतिथि कार्यकारिणी उपाध्यक्ष विशाल थापा, भीम कुँवर, उपाध्यक्षहरु बहादुर तामाङ, योगेश राजबंशी, घनश्याम चौधरी, गणेश सापकोटा, राष्ट्रिय महासचिव सरोज अधिकारी लगायतले बालेका थिए ।
नेपाल जेसीज तालिम आयुक्त सुयोग खरेलको अध्यक्षता र चारआली जेसीजका अध्यक्ष भोजराज पराजुलीको सञ्चालन रहेको कार्यक्रममा वर्ष २०२४ मा ४० वटा जेसीज शाखाका नयाँ कार्यसमिति तथा विभिन्न विधाका संयोजकहरुलाई तालिम दिइने बताइएको छ ।
कार्यशालाको सहजीकरण सेवक बजगाई, रश्मी सिल्पकार, प्रदीप बिष्ट, राष्ट्रिय महासचिव सरोज अधिकारीले गर्ने छन् ।
Discussion about this post