मेचीनगर, १५ असार । नेकपा एमाले मेचीनगर कमिटीले यसपालिको असार १५ (राष्ट्रिय धान दिवस) किसानको खेतमा गई सामुहिक धान रोपाइँ गरेर मनाएको छ ।
यसपटक असार १५ मा एमाले नगर कमिटीले मेचीनगर–९ शिवराज चोक स्थित रति किसानको १ बिगाहा खेतमा धान रोपेको हो ।
शनिबार विहान किसानको खेतमा धान रोपाइँमा एमालेका केन्द्रदेखि वडासम्मका करिव १५० जना बढीको सहभागता रहेको थियो ।
नौमती बाजासहित आयोजना गरिएको सामुहिक धान रोपाइँ कार्यक्रममा एमाले केन्द्रीय सल्लाहकार परिषद् सदस्य तथा पूर्व बागमती प्रदेश प्रमुख बिष्णुप्रसाद प्रसाईको प्रमुख आतिथ्य रहेको थियो ।
कार्यक्रममा एमाले केन्द्रीय सदस्य मीना पोखरेल उप्रेती, केन्द्रीय सल्लाहकार परिषद् सदस्य भिम खवास, पूर्व कोशी प्रदेशसभा सदस्य श्रीप्रसाद मैनाली, एमाले कोशी प्रदेश कमिटी सदस्य देवकुमार राई, लत्ता प्रसाईं, जिल्ला सदस्हरू संगिता थापा, रेनुका डाँगी, दिपक बराल, रमा भण्डारी, सञ्जु ढुंगेल, पुष्प गुरागाई, मेचीनगर कमिटी उपसचिवद्वय राजु धिमाल, जानुका ओली, अखिल नेपाल महिला संघ, अखिल नेपाल किसान संघका पदाधिकारी तथा सदस्यहरूको उल्लेख्य सहभागिता रहेको थियो ।
एमाले मेचीनगर कमिटी उपाध्यक्ष कञ्चन तामाङको अध्यक्षतामा आयोजना गरिएको कार्यक्रमको सञ्चालन सचिव सागर ओलीले गरेका थिए ।
Discussion about this post