मेचीनगर, १६ असार । झापामा लगातारको वर्षासहितको वाढीले व्यवसायीको उद्योगमा पानी पसेर लाखौँको क्षति भएको छ ।
मेचीनगर–१५ ज्यामिरगढी स्थित झापा भेनियर एण्ड प्लाईउड उद्योगको परिसरमा शनिवार राति आएको वर्षासहितको वाढी पस्दा लाखौंको क्षति पुगेको हो ।
उद्योग परिसरमा स्थानीय फुलमासी पैनीको बाँध फुटेर राति साढे १० बजेदेखि वाढी पसेको थियो ।
रातभर वाढीले उद्योग परिसरमा रहेका कुकाठको ठूलो मात्रामा गोलिया बगाएको सञ्चालक आनन्द खड्काले जानकारी दिए ।
बाढीले ४० लाख रुपैयाँ मूल्य बराबरको ६ हजार क्युबिक फिट गोलिया काठ बगाएर एक किलोमिटर टाढा रहेको निन्दा खोलाको वाढीमा पुर्याएको उनको भनाई छ ।
फुलमासी पैनीको बाँध फुटेर शनिवार राति एक्कासी ठूलो बाढी आएको थियो । उद्योग नजिकको बाँध भत्काएपछि वाढीले क्षति पुर्याएको खड्काको दावी छ ।
आज विहान ठुलो मात्रमा गोलिया काठहरु उद्योग परिसरदेखि एक किलोमिटर टाढाबाट स्थानीयले भेला पारेर उद्योगलाई दिएका थिए ।
Discussion about this post