झापा, १६ असार । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ ।
आज निगमले जारी गरेको विज्ञप्ति अनुसार पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ, डिजल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रुपैयाँ बढाएको छ ।
हवाइ इन्धन र एलपी ग्यासको भाउ भने घटबढ भएको छैन । बढेको मूल्य आज राति १२ बजेपछि लागू हुनेछ ।
मूल्य वृद्धिपछि झापाको चारआली, विराटनगरसहित कोशी प्रदेशमा पेट्रोलको मूल्य प्रतिलिटर १६४ र मट्टितेल तथा डिजल प्रतिलिटर १५२ रुपैयाँ पर्नेछ ।
Discussion about this post