१ जेष्ठ २०८३, शुक्रबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

सेनाले चलाएको सर्पदंश उपचार केन्द्र भरपर्दो बन्दै

असार १९, २०८१, ६:३० .बुधबार
0
0
0
SHARES
376
VIEWS
Share on FacebookShare on Twitter

।। अर्जुन कार्की ।।

मेचीनगर, १९ असार । सर्पले डसेका विरामीहरुको उपचारका लागि नेपाली सेनाले चलाएको चारआलीको सर्पदंश उपचार केन्द्र भरपर्दो बन्दै गएको छ ।

मेचीनगर–१३ स्थित चारआलीमा नेपाली सेनाको श्री अरिदमन गणको परिसरमा सञ्चालित सर्पदंंश उपचार केन्द्रमा कोशी प्रदेश तथा भारतका विभिन्न प्रान्तबाट सर्पले डसेका विरामीहरुको घुइँचो लाग्ने गरेको छ ।

उक्त उपचार केन्द्रको सम्पूर्ण स्वास्थ्य सेवा सेनाका डाक्टरहरुले दिने गरेका छन् भने व्यवस्थापन पक्षको जिम्मा पव्लिकले हेर्ने गरेको छ । त्यसका लागि सर्पदंश उपचार केन्द्र सञ्चालन तथा व्यवसथपन समिति छ । हाल समितिको अध्यक्ष दुर्गा भट्टराईले त्यसको नेतृत्व गरिरहेका छन् ।

विरामीको सफल उपचार

नेपाली सेनाका हुँद्वा पदका कर्मचारी एवम् उपचार केन्द्रका स्वास्थ्य प्राविधिक कृष्णबहादुर थापाले विभिन्न क्षेत्रबाट सर्पले डसेर यहाँ आएका विरामीको चाप बढेको र सफल उपचार गरेर पठाएको दावी गरे । गत दुई वर्षको केन्द्रको तथ्याङ्क हेर्दा पनि यो कुराको पुष्टि हुन्छ ।

२०७९ मा १००७ को उपचार

उनका अनुसार २०७९ सालमा सर्पले डसेका एक हजार ७ जना विरामीको सफल उपचार भएको छ । त्यसमा ५८५ जना पुरुष र ४२२ जना महिला रहेका थिए । त्यसबेला १३४ वटा विशालु सर्पले र ८७३ वटा अविशालु सर्पले डसेको थियो ।

२०८० मा ९६९ को उपचार

गतवर्ष २०८० सालमा महिला ४१६, पुरुष ५५३ जना गरी जम्मा ९६९ जनालाई सर्पले डसेर उपचार केन्द्रमा सेवा लिन आएको उनको भनाई छ । त्यसबेला १८९ वटा विशालु सर्पले र ७८६ वटा अविशालु सर्पले डसेको कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।

त्यस्तै २०८१ सालको बैशाख, जेठ र असार १६ गतेको तथ्याङ्क हेर्दा पनि विरामीको चाप बढेको र सफल उपचार गरेर पठाएको देखिन्छ ।

स्वास्थ्य प्राविधिक थापाले बैशाख महिनामा सर्पले डसेर ६१ जना विरामी केन्द्रमा आएको जानकारी दिए । त्यसबेला ६ वटा विशालु सर्पले र ५५ वटा अविशालु सर्पले डसेको थियो । जेठमा १२३ जना विरामी उपचार गर्न केन्द्र आएको उनले बताए । ३२ वटा विशालु सर्पले र ९१ वटा अविशालु सर्पले डसेको बताइएको छ ।

त्यसैगरी यहि असार महिनाको १६ गतेसम्म सर्पले डसेर ९१ जना विरामी केन्द्रमा आएको कार्यालयले जनाएको छ । ३२ वटा विशालु सर्पले र ६१ वटा अविशालु सर्पले डसेको थापाको भनाई छ ।

केन्द्रमा विरामीको घुइँचो

केन्द्रमा उपचारका लागि झापा, इलाम, ताप्लेजुङ, पाँचथर तथा भारतको पानीट्याङ्की, दिगलबैँक, मिरिक, दार्जिलिङदेखि सर्पदंशका विरामीको घुइँचो लाग्ने गरेको छ ।

नेपालमा ९० वटा प्रजातिका सर्पहरु छन् । त्यसमा १८ वटा प्रजाति विशालु र अन्य अविशालु पर्छन् । करेत, गोमन, बाघे, ग्रुबे र बङग्रास विशालु सर्प हुन् । पूर्वी तराईमा गोमन सर्प धेरै मात्रमा पाइन्छ ।

थापाले भने–‘सबै सर्प विषालु हुँदैनन् र विषालुले टोक्दा पनि सधैँ विष छाड्छ भन्ने हुँदैन । विशालु सर्पले डसेपछि लक्षण देखेपछि  हेरेर एन्टि स्नेक भेनम सेरम औषधि प्रयोग गरिन्छ ।’

२०६१ मा पारस शाहद्वारा उद्घाटन

२०६० सालमा स्थापना भएको उक्त उपचार केन्द्रको २०६१ सालमा पूर्व राजा ज्ञानेन्द्र शाहका छोरा पारस शाहले उद्घाटन गरेका थिए ।
विगत भन्दा केहि सुधारिएको केन्द्रमा साधन स्रोतले न्यून सुविधायुक्त भए पनि उपचार सेवा भरपर्दो बनेको छ ।

हाल झापामा मेचीनगर, कनकाई, दमक नगरपालिका र कचनकवल गाउँपालिकामा सर्पदंश उपचार केन्द्र सञ्चालनमा छन् ।

सर्पले टोकेमा के गर्ने

सर्पदंशको उपचारमा संलग्न चिकित्सकहरू सर्पले टोक्दैमा नआत्तिन सुझाव दिन्छन् । कैयौँ मानिसहरू आत्तिएर थप विरामी पर्ने गरेका छन् । अझै पनि कतिपय मानिसहरू सर्पले टोकेपछि निकै ढिलो गरेर अस्पताल आउने गरेका छन् ।

सबैभन्दा ठूलो समस्या भनेको मानिसहरू ढिलो गरेर आउने गर्छन् । तर शंका लागेर पनि अस्पताल आउनेहरू बढेका छन् ।
सर्पले डसिहाले नआत्तिने र डसेको भागलाई हलचल नगराएर सकेसम्म छिटो अस्पताल पु¥याउनु पर्ने पर्छ ।

सर्पको टोकाईबाट बच्न के गर्ने

सर्पको टोकाइबाट बच्न आफ्नो घर वरिपरि नियमित सफाइ गर्नुपर्छ । सर्प लुक्ने स्थान नबनाउने र दुलाहरूमा हात नराख्ने । राति हिँड्नुपर्दा पनि जुत्ता, तलैसम्म छोप्ने लुगा लगाउने र लट्ठी लिएर हिँड्ने गर्नुपर्छ । राति सुत्दा खाटमा सुत्ने, झुल टाँगेर सुत्ने गर्दा पनि सर्पको आक्रमणबाट बच्न सकिने डाक्टरको सुझाव रहेको छ ।

पछिल्लो समाचार

घाइते सर्प उद्वारकर्मीको स्वास्थ्यस्थिति बुझ्दै मेयर

अघिल्लो समाचार

सडकसँगै यातायात क्षेत्रको विकासले नगरको मुहार फेरिँदै

Related Posts

बाहुनडाँगीमा बजार अनुगमन : बिना दर्ता व्यवसाय सञ्चालन
banner

बाहुनडाँगीमा बजार अनुगमन : बिना दर्ता व्यवसाय सञ्चालन

बैशाख ३१, २०८३, २:४६ .बिहिबार
काँकरभिट्टाकाे एशियन हाइवे गेटकाे बाेर्डमा भ्वाङ्, कस्ले मर्मत गर्ने टुंगाे छैन्
banner -2

काँकरभिट्टाकाे एशियन हाइवे गेटकाे बाेर्डमा भ्वाङ्, कस्ले मर्मत गर्ने टुंगाे छैन्

बैशाख ३०, २०८३, १:३१ .बुधबार
नगरपालिकाको समस्या समाधान गर्न पाँच दलको विज्ञप्ति
banner

मेचीनगरमा एसईई :  सामुदायिक विद्यालयका २ जनाले ल्याए ४ जीपिए

बैशाख २९, २०८३, ९:१० .मङ्लबार
कक्षा १२ को परीक्षा भदौ ३० देखि
banner -1

एसईई नतिजा :  ६५.९८ प्रतिशत विद्यार्थी उत्तीर्ण

बैशाख २८, २०८३, ४:२५ .सोमवार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.