झापा, ३१ असार । नेकपा एमालेले आफ्नो पार्टीबाट सरकारमा सहभागी हुने मन्त्रीहरुको नाम टुंगो लगाएको छ ।
स्रोतका अनुसार एमालेले पाएका मन्त्रालय मध्ये उद्योग र भूमिमा पुरानै मन्त्री दोहोरिने भएका छन् ।
एमालेले पाएका मन्त्रालय मध्ये उपप्रधानसहित अर्थमन्त्रालयको जिम्मेवारी विष्णु पौडेलले सम्हाल्ने भएका छन् ।
पृथ्वीसुब्बा गुरुङलाई सरकारको प्रवक्ता तोक्ने गरी सरकारमा पठाउने एमालेको तयारी छ । स्रोतका अनुसार गुरुङ सञ्चार मन्त्रालय सम्हाल्दैछन् । राष्ट्रिय सभा सदस्य देवेन्द्र दाहाल भौतिक मन्त्री बन्दैछन् ।
त्यस्तै विद्या भट्टराई शिक्षा मन्त्री र रक्षा मन्त्रालय मानवीर राईले समाल्ने भएका छन् । उद्योग मन्त्रीमा दामोदर भण्डारी र भूमि व्यवस्था सहकारीमा बलराम अधिकारी दोहोरिने भएका छन् ।
Discussion about this post