१९ मंसिर २०८२, शुक्रबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

मेचीनगर

लेखा शाखाले रोक्यो केहि मिडिया र व्यक्तिको भुक्तानी

असार ३१, २०८१, २:५४ .सोमवार
0
0
0
SHARES
160
VIEWS
Share on FacebookShare on Twitter

मेचीनगर, ३१ असार । मेचीनगर नगरपालिकाले स्थानीय मिडिया, व्यक्ति र परियोजनाको बिलको भुक्तानी रोकेको छ ।

आर्थिक वर्ष २०८०÷०८१ मा कार्य सम्पन्न भएका स्थानीय परियोजनाको प्रक्रिया बमोजिम बिल स्वीकृत भए तापनि अन्तिममा आएर आफ्नो खातामा पैसा हुँदा पनि लेखा शाखाले चेक नबनाएर कारण वीना भुक्तानी रोकेको हो ।

नगरपालिकाले यसपटक पेश भएका शतप्रतिशत बिलको भुक्तानी दिनेगरी पर्याप्त बजेटको व्यवस्था मिलाएको जनाएको थियो । तर, भुक्तानीका लागि चेक नबनाउँदा विभिन्न स्रोत र शिर्षकबाट विनियोजित बजेट यसपाली पनि फ्रिज भएको छ ।

चेक काट्न मिल्ने अन्तिम दिनको राति १२ बजेसम्म लेखा शाखाका कर्मचारीहरुले कार्यालयमै बसेर चेक काटेका थिए । बेलैमा पेश र स्वीकृत भएका बिलको भुक्तानी बेलैमा नगरेर अन्तिम रात चेक काट्ने लेखा शाखाको शैली यसपाली पनि दोहोरियो ।

अन्तिम राति क कसको चेक काटियो भन्ने सूची नगरपालिकाको सूचना बोर्डमा टाँसिएको छ । तर, कुन कुन भुक्तानी रोकियो भन्ने जानकारी नगरपालिकाले सार्वजनिक गरेको छैन ।

स्वार्थ समूहको प्रभावमा परेर लेखा शाखाले कतिपयको भुक्तानीलाई प्राथमिकतामा राखेको र कतिपयलाई पूर्वाग्रह राखेर दुःख दिन भुक्तानी रोकेको चर्चा चलेको छ ।

खातामा रहेको बजेट फ्रिज गर्ने तर बिलको भुक्तानी नदिने प्रवृत्तिले नगरपालिकाप्रति जनाक्रोश बढाउने गरेको छ । जनतामा असन्तोष बढाउन र नगरपालिकाको बद्नामी गराउन लेखा शाखाको ढिलासुस्ती र पक्षपातपूर्ण व्यवहार समेत कारक बन्ने गरेको छ ।

“क कसको के कारण भुक्तानी प्राथमिकतामा परेको हो र क कसको भुक्तानी पूर्वाग्रह राखेर रोकिएको हो भन्ने तथ्य संकलन गरिरहेका छौं,” भुक्तानी रोकिएका ती पीडित भन्छन्–“चेक बनाउने अन्तिम मध्यरातमा नगरपालिकाको लेखा शाखामा को को स्वार्थ समूह पसेर के के गरेका थिए भन्ने खोजी गर्न नगरका प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत र कार्यपालिका सदस्यहरुलाई आग्रह छ ।”

ती पीडितले चेक काट्ने अन्तिम दिनको मध्यरातसम्मको नगरपालिकाको दृश्य देखेर आफु चकित भएको बताए । उक्त रात नगरपालिकाको सीसी क्यामेरामा रेकर्ड भएका दृश्य र कुराकानी छानविन हुनुपर्ने उनले माग गरे ।

चेक काट्ने अन्तिम दिन मध्यरातसम्म लेखा शाखाका केही कर्मचारीको फोन कुराकानीको डिटेल्स संकलन गरेर छानविन गरे स्वार्थ समूहको पोल खुल्ने ती पीडितले दावी गरेका छन् ।

लेखा शाखाले कतिपय स्वार्थ समूहको बिलको भुक्तानी बोलाई बोलाई दिने गरेको, प्रभावमा परेर काटिएको चेक लिन फोन गरेर बोलाउने गरेको र केहीको चेकको भुक्तानी सम्बन्धितको खातामा हाल्ने व्यवस्था समेत मिलाउने गरेको उनले दावी गरे ।

लेखा शाखाको मुख्य जिम्मेवारी आर्थिक प्रशासन शाखा प्रमुख पदमबहादुर कार्कीले समालेका छन् । विगतदेखि नै बजेट फ्रिज गर्ने र खातामा पैसा हुँदाहुँदै बिलको भुक्तानी रोक्ने भूमिकामा कार्की नै दोषी भएको आरोप लाग्ने गरेको छ । अधिकांश समय बिदामा बस्ने र कार्यालय समयमा कार्यकक्षमा ताला लगाएर बाहिर जाने लेखा अधिकृत कार्कीकै कारण भुक्तानीमा ढिलासुस्ती भएको जनगुनासो छ ।

सबै सेवाग्राहीको चेक काटेपछि खबर गर्नुपर्ने र सकभर सेवाग्राहीको बैंक खातामा भुक्तानी पठाइदिने व्यवस्था मिलाउनु पर्नेमा लेखा शाखाले खास आस्था, सम्बन्ध र स्वार्थ भएका व्यक्ति वा संस्थाको मात्र भुक्तानी सहज बनाएर अरुलाई दुःख दिने गरेको ती पीडितको दावी छ ।

भुक्तानी रोकिनेहरुमा सर्वसाधारण, स्थानीय उपभोक्ता समूह, साना विकासे परियोजना, कार्यपालिकाबाट निर्णय भएका सूचनाहरुका बिल र मेचीनगर सञ्चार प्रतिष्ठानको लेखनवृत्तिको रकम पनि परेको छ ।

मुलुकमै पहिलोपल्ट मेचीनगरमा गठन भएको प्रतिष्ठानले स्थानीय मिडियाको प्रबर्धनका लागि लोककल्याणकारी विज्ञापन, तालिम र लेखनवृत्तिका लागि बजेट छुट्याएको थियो ।

प्रतिष्ठानका लागि नगरपालिकाले छुट्याएको बजेटले बिलको भुक्तानी दिन पुग्थ्यो । तर, नगरपालिकाको लेखा शाखाले चेक नबनाएपछि भुक्तानी रोकिएको छ ।

ती श्रोतका अनुसार लेखा शाखाले स्थानीय मिडियाका केहि बिल भुक्तानी नगरेर नगर बाहिरका झापा र काठमाडौँ सम्मका मिडियाहरुलाई चेक बनाएर वितरण गरेको छ ।

यस विषयमा आर्थिक प्रशासन शाखा प्रमुख पदमबहादुर कार्कीसँग फोन सम्पर्क गर्दा फोन सम्पर्क हुन सकेन ।

पछिल्लो समाचार

प्रधानमन्त्री ओलीद्वार २२ सदस्यीय मन्त्रीपरिषद गठन

अघिल्लो समाचार

पेट्रोलमा प्रतिलिटर ४ र डिजेलमा ३ रुपैयाँ बढ्यो

Related Posts

बानियाँ प्रतिष्ठानको वक्तृत्वकलामा धुलाबारी माविकी जयन्ती प्रथम
box -1

बानियाँ प्रतिष्ठानको वक्तृत्वकलामा धुलाबारी माविकी जयन्ती प्रथम

मंसिर १९, २०८२, ३:१७ .शुक्रबार
जेनजी आन्दोलनले व्यवसायीको मनोदशा कमजोर : उपाध्यक्ष ढकाल
banner -2

जेनजी आन्दोलनले व्यवसायीको मनोदशा कमजोर : उपाध्यक्ष ढकाल

मंसिर १९, २०८२, २:३९ .शुक्रबार
स्वयमसेवीका दिवस : दुई जनालाई दीर्घसेवा, १५ जना सम्मानित
banner

स्वयमसेवीका दिवस : दुई जनालाई दीर्घसेवा, १५ जना सम्मानित

मंसिर १९, २०८२, ११:३० .शुक्रबार
मेचीनगरले आयोजना गरेको वक्तृत्वकलामा धुलाबारी माविका सुदीप प्रथम
banner -1

मेचीनगरले आयोजना गरेको वक्तृत्वकलामा धुलाबारी माविका सुदीप प्रथम

मंसिर १९, २०८२, १०:०५ .शुक्रबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.