झापा, ३१ असार । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य वृद्धि गरेको छ ।
सोमबार बसेको आयल निगम सञ्चालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर ४ रुपैयाँ, डिजेल तमट्टितेलमा प्रतिलिटर ३ रुपैयाँ बढाउने निर्णय गरेको हो ।
निगमका अनुसार बढेको मूल्य सोमबार राति १२ बजेदेखि लागू हुनेछ ।
मूल्यवृद्धिपछि पेट्रोलको मूल्य चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज वरपर प्रतिलिटर १६८ पुगेको छ । सुर्खेत र दाङ वरपर १७० रुपैयाँ, काठमाडौं, पोखरा र दिपायल वरपर प्रतिलिटर १७१ रुपैयाँ पुगेको छ ।
डिजेल र मट्टितेलको मूल्य चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज वरपर प्रतिलिटर १५७ पुगेको छ । सुर्खेत र दाङ वरपर १५९ रुपैयाँ, काठमाडौं, पोखरा र दिपायल वरपर प्रतिलिटर १६० रुपैयाँ पुगेको छ ।
Discussion about this post