मेचीनगर, १ साउन । जनपक्षीय पत्रकार देवकुमार आचार्यकाे स्मृतिमा स्थापित डी. कौडिन्य पत्रकारिता पुरस्कार पत्रकार झुलन रेग्मी र डिकेश लामालाई दिने भएको छ ।
डी. कौडिन्यको स्मृतिमा प्रेस सेन्टर नेपाल झापाले स्थापना गरेको सो पुरस्कार यस वर्ष मेचीखबर साप्ताहिकका प्रधान सम्पादक एवम् प्रेस सेन्टर झापाका निवर्तमान अध्यक्ष रेग्मीलाई पुरस्कृत गरिने भएको छ ।
त्यस्तै उक्त पुरस्कार नेपाल टेलिभिजनका झापा सम्वाददाता समेत रहेका प्रेस सेन्टर कोशी प्रदेश समिति सदस्य एवम् नेपाल पत्रकार महासंघ झापा शाखाका सचिव लामालाई पनि दिने भएको हाे ।
यहि असार ३१ गते बसेको प्रेस सेन्टर झापाको बैठकले पुरस्कृत व्यक्तित्व छनोटसँगै पुरस्कारको राशीसमेत बढाएको अध्यक्ष पाठकले जानकारी दिए ।
स्थापनाकालमा ११ हजार रुपैयाँ राशीकाे उक्त पुरस्कारको राशी केही वर्ष यता २१ हजार रुपैयाँ पुराएकाे थियो ।
यस वर्षबाट पुरस्कारको राशी ४२ हजार पुराएकाे र २ जना पत्रकारलाई जनहि २१ हजारका दरले दिने निणर्य गरेकाे पाठकले बताए ।
उक्त पुरस्कार डी. कौडिन्यको स्मृति दिवसको अवसरमा यहि साउन ७ गते प्रदान गरिने भएको छ ।
Discussion about this post