झापा, १ साउन । बिर्तामोड स्थित बीएण्डसी मेडिकल कलेज टिचिङ हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालिले स्वास्थ्य बीमा कार्यक्रम सुरु गरेको छ ।
साउन १ गते मंगलबारदेखि बीएण्डसी हस्पिटलमा स्वास्थ्य बीमा कार्यक्रम सुरु भएको हो ।
विरामीहरूले स्वास्थ्य बीमा सेवा लिन आउँदा सम्बन्धित स्थानीय तहको स्वास्थ्य केन्द्रबाट सिफारिस समेत ल्याउनु पर्ने छ ।
सरकारको कार्यविधि र मापदण्ड पूरा गरेका नियम अनुसार २० प्रतिशत लाग्ने दस्तुर लिएर बीमाबाट पाइने औषधिहरु अस्पतालमा पाइने छ । १० वटा काउन्टरबाट विरामीलाई सेवा प्रदान गरेको हस्पिटलका जनसम्पर्क अधिकारी प्रमिश गिरीले बताए ।
उनका अनुसार विरामीको उपचारमा गुणस्तरीय र झन्झटरहित सेवा दिने उदेश्य अनुरुप आजदेखि उक्त सेवा सुरु गरिएको उनले जानकारी दिए ।
बीएण्डसी हस्पिटलमा २४ सै घण्टा इमरजेन्सी सेवासहित न्यूरोलोजी, अर्थोपेडिक्स, फिजिसियन, सर्जरी, स्त्रीरोग, बालरोग, मुटुरोग, मानसिक रोग, चर्मरोग लगायतका सेवाहरु रहेका छन् ।
त्यस्तै मेडुलर अपरेशन थिएटर, सिटी स्क्यान, एमआरआई, अल्ट्रासाउण्ड, क्याथल्याब, उच्चस्तरीय प्याथोलोजी परिक्षण सेवा दिदै आएको हस्पिटलमा जटिल प्रकारका सर्जरी हुँदै आएको छ । स्वास्थ्य बीमा सुरु भएको पहिलो दिन विरामीहरुको भिडाभाड बढ्न थालेको अस्पतालले जनाएको छ ।
Discussion about this post