२९ पुष २०८२, मंगलवार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

अग्नि आएपछि मेचीनगरको रूपरंगै फेरिँदै

साउन २, २०८१, ५:५९ .बुधबार
0
0
0
SHARES
139
VIEWS
Share on FacebookShare on Twitter

मेचीनगर, २ साउन । प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारी आएको चार महिना नवित्तै मेचीनगर नगरपालिकाको रूपरंग फेरिन थालेको छ ।

नगरपालिका कार्यालयको जिर्ण बन्दै गएको भवनको मर्मत र रंग रोगन गर्ने काम भइरहेको छ । नगरपालिकाले भवनको रंग रोगनका लागि मेचीनगर–१४ को राइजिङ डोर्स कन्ट्रकन्सन कम्पनी प्रालिलाई २० लाख रूपैयाँमा यहि असार २ गते ठेक्का सम्झौता गरेको थियो ।

भवनको दोस्रो तलाको अग्रभागमा सेवाग्राहीलाई बस्न मिल्ने चौतारो समेत बन्ने भएको छ ।  प्रमुख प्रशासकीय अधिकृत अधिकारीले नगरपालिका भवनको गेटदेखि पूर्वपश्चिम राजमार्गसँग जोडिएको बाटोसम्म पीचसहितको व्युटिफिकेसन गरिने जानकारी दिए ।

‘सेवाग्राही वा पाहुनाहरू नगरपालिका कार्यालय पस्दै गर्दा मन प्रफुल्ल पारेर छिरुन’ अधिकारीले भने– ‘नगरपालिकामा रिसाएर आएका सेवाग्राही पनि खुशी भएर आफ्नो काम सकेर जाउन भन्ने उदेश्य हो ।’

उनका अनुसार भवन रंग रोगन, भवन परिसर र सडक निर्माणसहित व्युटिफिकेशनका लागि कुल ७० लाख बजेट छुट्टाइएको छ । कामहरु धमाधम भइरहेको छ ।

उनले भने–‘अब नगरपालिकामा सेवाग्राहीलाई चेकलेस पेमेन्टको व्यवस्था हुन्छ । लेखामा प्रक्रिया पुरा गरेर आएका डकुमेन्टको जाँच गरेर ठिक छ भने सेवाग्राहीको बैँक खातामा सिधै पैसा पठाइन्छ । अन्य पालिकामा जस्तो छ । यहाँ पनि अब चाँडै त्यस्तै लागू हुन्छ । सेवाग्राहीलाई अब झनझट दिदैनौँ ।’

नगरपालिका आउने सेवाग्राहीहरूले काम सहजरूपमा हुन थालेको बताएका छन् । अधिकारी आएपछि नगरपालिका कार्यालय र वडा कार्यालयबाट प्रवाह हुने सेवाको कार्यसम्पादन आशलाग्दो हुन थालेको छ ।

२० वर्ष विभिन्न जिल्लाको स्थानीय तहमा काम गरेका झापा गौरादहका अधिकारी अनुभवी हुन् । उनी मेचीनगर गत चैत महिनाको अन्तिम साता आएका हुन् । उनी यसअघि उर्लाबारी नगरपालिकामा थिए । त्यहाँ उनको कार्यसम्पादन लोभलाग्दो रहेको जानकारहरूले बताएका छन् ।

अधिकारीले मेयर गोपालचन्द्र बुढाथोकी, उपमेयर मीना पोखरेल उप्रेती, वडाध्यक्ष र कर्मचारीहरूप्रति मिलेर काम गरिरहेको नगरपालिका कार्यालय भित्रै चर्चा भइरहेको छ । नगरपालिका आएका यसअघिका प्रमुख प्रशासकीय अधिकृतहरू टिक्नै नसकेर छोटो समयमा हिड्ने गरेका थिए ।

मेचीनगर–१० का वडाध्यक्ष नारायण खनालले अहिलेका प्रमुख प्रशासकीय अधिकृत लामो समयदेखि स्थानीय तहमा बसेकाले दक्ष हुनु हुन्छ, जनप्रतिनिधि, कर्मचारी र सबैसँग उहाँको व्यवहार राम्रो रहेको बताए ।

अधिकारीले नगरपालिका कार्यालयको रूपरंग फेरे जसरी नै समग्र मेचनगरबासीको पनि मुहारमा खुशी ल्याउन सफल हुन्छन् भन्ने अपेक्षा नागरिकहरूको छ ।

‘उहाँ कस्तो हुनु हुन्छ भन्ने कुरा भर्खरै सम्पन्न सार्वजनिक सुनुवाई कार्यक्रममा पनि थाहा पाए’ वडा नम्बर ३ का एक स्थनीयले भने–‘नगरपालिका जाँदा होस् वा वडा कार्यालय अहिले हुने काम र कागजात पुगेका रोकिदैनन् । मेरो काम पनि रोकिएन ।’

गत आ.व.२०८०÷८१ मा पुँजीगत खर्च ६÷७ प्रतिशत मात्र थियो तर, ४ महिना यता ७३ प्रतिशत पुँजीगत खर्च भएको छ । चालु आर्थिक वर्षको २०८१÷८२ मा अब डिजिटल प्रणाली लागू हुने र जनताले सहजरुपमा सेवा पाउने गरी योजनाहरु कार्यान्वयनमा लाने नगरपालिकाको लक्ष्य रहेको छ ।

अधिकारीका अनुसार मेचीनगरलाई राम्रो बनाउन अहिले सम्मको स्थानीय तहको अनुभवलाई प्रयोगमा ल्याउने छु । त्यसका लागि सबैको साथ र सहयोगको खाँचो छ ।

।। अर्जुन कार्की ।।

पछिल्लो समाचार

बीएण्डसीमा स्वास्थ्य बीमा सुरु

अघिल्लो समाचार

मन्त्री अधिकारीद्वारा हाेल्डिङ सेन्टरकाे अनुगमन

Related Posts

दार्जिलिङको तराइ प्रेस क्लब च्याम्पियन
banner

दार्जिलिङको तराइ प्रेस क्लब च्याम्पियन

पुस २८, २०८२, १:४७ .सोमवार
कांग्रेसको विशेष महाधिवेशनमा महामन्त्रीद्वय गगन र विश्वको गर्जन
banner -1

कांग्रेसको विशेष महाधिवेशनमा महामन्त्रीद्वय गगन र विश्वको गर्जन

पुस २७, २०८२, २:०५ .आइतवार
‘प्रथम भाक्का पिठ्ठ उत्सव’ ऐतिहासिक : नगरप्रमुख बुढाथोकी
banner -1

‘प्रथम भाक्का पिठ्ठ उत्सव’ ऐतिहासिक : नगरप्रमुख बुढाथोकी

पुस २७, २०८२, १:३२ .आइतवार
मेची मासु उत्पादक सहकारीको अध्यक्षमा भण्डारी
box -1

मेची मासु उत्पादक सहकारीको अध्यक्षमा भण्डारी

पुस २६, २०८२, १२:२५ .शनिबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.