४ श्रावण २०८२, शनिबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

सामुदायिक विद्यालयलाई विद्यार्थी बोक्न गाडी दिँदै मेचीनगर

साउन ५, २०८१, १०:४४ .शनिबार
0
0
0
SHARES
40
VIEWS
Share on FacebookShare on Twitter
बाल सुवोधिनि माविलाई हस्तान्तरण गर्ने तयारीमा म्याजिक भ्यान ।

।। अर्जुन कार्की ।।

मेचीनगर, ५ साउन । टाडा टाडाबाट सामुदायिक विद्यालयमा पढ्न आउँने विद्यार्थीहरुको सहजताका लागि मेचीनगर नगरपालिकाले लागत सहभागितामा सवारी साधान उपलब्ध गराउन थालेको छ ।

यातायात सुविधा पुगेको ठाउँमा विद्यालयबाट टाडा घर भएका वस्तीका लक्षित वर्गका विद्यार्थीका लागि विद्यालयलाई विद्यार्थी बोक्न नगरपालिकाले सवारी साधान उपलब्ध गराउन थालेको हो ।

नगरपालिकाले पनि शैक्षिक गुण्स्तर राम्रा भएका सामुदायिक विद्यालयलाई विद्यार्थीहरु समयमा विद्यालय आउन र समयमा नै घर पुगुन भन्ने उदेश्यले साना तथा ठुला गाडीहरु दिइरहेको छ ।

बाल सुवोधिनिलाई म्याजिक भ्यान

नगरपालिकाले मेचीनगर–१४ को बाल सुवोधिनि माध्यमिक विद्यालयलाई १० देखि १५ जनासम्म अट्ने म्याजिक भ्यान दिने तयारी गरेको छ ।

मेचीनगर–१४ का वडाध्यक्ष बाबुलाल सुब्बाले २६ लाख ५० हजार रुपैयाँ मुल्य बराबरको म्याजिक भ्यान बाल सुवोधिनि माविलाई हस्तान्तरण गर्न लागिएको जानकारी दिए । उनका अनुसार वडा कार्यालयको १७ लाख ५० हजार र नगरपालिका कार्यालयको ९ लाखमा उक्त विद्यालयलाई भ्यान दिने तयारी गरिएको छ ।

‘अहिले विद्यालयहरु बन्द छन्’ वडाध्यक्ष सुब्बाले भने–‘विद्यालय खोलेपछि उक्त गाडी हस्तान्तरण गरिनेछ । टाडा टाडाबाट पढ्न आउँने विद्यार्थीलाई सुविधाका लागि गाडी उपलब्ध गराइने छ ।’

बाल सुवोधिनि माविका प्रधानाध्यापक विश्व थापाले २ वर्षअघि नगरपालिकामा गाडी माग गरेका थियौँ, प्रक्रिया पुरा गर्न समय लाग्यो । विद्यालय खोलेपछि नगरपालिकाले उक्त गाडी हस्तान्तरण गर्ने कार्यक्रम रहेको जानकारी दिए । उने भने–‘विद्यालयको बजेट नभएकाले गाडी आएपछि टाडाबाट आउँने विद्यार्थीका अभिभावकहरुलाई चालक र तेलका लागि सामान्य खर्च उठाइने छ ।’

गाडी भएपछि टाडा टाडाका विद्यार्थीहरुलाई समयमा ल्याउन र लान सहज हुने उनको भनाई छ । उक्त विद्यालय जिल्लामा नै उत्कृष्ट सामुदायिक विद्यालयको रुपमा परिचित छ । यसअघि नगरपालिकाले धुलाबारी मावि र काँकरभिट्टा माविलाई पनि ४० जना विद्यार्थी अट्ने ठुलो बस ल्याउन स्वीकृति दिएको छ ।

धुलाबारी माविको बस आउँदै

धुलाबारी माविका सहायक प्रधानाध्यापक तेजप्रसाद चौलागाईले नगरपालिका र विद्यालयको ५०÷५० प्रतिशत लागत सहभागितामा बस ल्याउन लागिएको बताए ।

उनका अनुसार नेपाल सरकारले भन्सार छुटमा एउटा बसको करिव ३० लाख रुपैयाँ पर्नेछ । त्यसमा १५ लाख विद्यालयले व्यहोर्ने गरी गाडी विरगंज भन्सारमा आइपुगेको छ । उक्त बस ल्याउन सिप्रदीको टाटा कम्पनीलाई ठेक्कामा दिएको छ । यसअघि पनि धुलाबारी माविले आन्तरिक श्रोतबाटै स्थानीय यातायात व्यवसायीको २०१४ मोडलको १४ लाखमा गाडी खरिद गरिसकेको छ ।

काँकरभिट्टा माविको प्रक्रियामा

त्यस्तै काँकरभिट्टा माविले पनि नगरपालिकासँगको सहकार्यमा आगामी कात्तिक महिनामा गाडी ल्याउने गरी तयारी गरिएको प्रधानाध्यापक हरि न्यौपानेले जानकारी दिए ।

यातायातको सुविधा भएपछि विद्यार्थी लिन गाडी घर–घरमा पुग्ने भएको छ । गाडी घरमै लिन आउँने भएपछि विद्यार्थीहरु उत्साहित हुने भएका छन् । दैनिक घण्टौँ लगाएर विद्यालय पुग्ने विद्यार्थी अहिले छोटो समयमा नै पुग्छन् भने समयमै घरमा फर्किने वातावरण पनि बन्ने छ ।

नगरपालिका शिक्षा शाखा प्रमुख एवम् उपसचिव होमनाथ भण्डारीले मेचीनगरका सामुदायिक विद्यालयहरुले बसको डिमाण्ड धेरै गरेको बताए ।

‘बाल सुवोधिनि माविलाई नगरपालिका र वडा कार्यालय मार्फत म्याजिक भ्यानको व्यवस्था गरिएको छ’, भण्डारीले भने–‘धुलाबारी मावि र काँकरभिट्टा माविलाई ५०÷५० प्रतिशत लागत सहभागितामा हो । धुलाबारीलाई भुक्तानी गरिएको छ, धुलाबारीको गाडी चाँडै आउछ । काँकरभिट्टा माविको प्रक्रियामा छ, केहि समय लाग्छ ।’

सरस्वती प्राविले माग्यो सिटी रिक्क्सा

मेचीनगर–७ स्थित सरस्वती प्राविले पनि विद्यार्थी बोक्न २ वटा सिटी रिक्साको लागि नगरपालिकामा निवेदन दिएको भण्डारीको भनाई छ । त्योसो त नगरका ४२ वटा सामुदायिक विद्यालयमध्ये केहिले आफ्नै आन्तरिक श्रोतबाट बस खरिद गरेर विद्यार्थी बोकिरहेका छन् ।

सामुदायिक विद्यालयहरुलाई संस्थागत विद्यालयहरुको दाँजोमा प्रतिस्प्रधा गर्न गारो नै छ । तर, पनि अब सामुदायिक विद्यालयहरुले पनि शैक्षिक गुणस्तर र यातायात क्षेत्रमा प्रगति गर्दै लगेको शिक्षासेवीको बुझाई छ ।

पछिल्लो समाचार

एसिया कप : यूएईमाथि नेपालको ऐतिहासिक जित

अघिल्लो समाचार

´शैक्षिकस्तर सुधार्न विद्यालयमा माेवाइल प्रतिबन्ध गर्नुपर्छ`

Related Posts

पार्टीभित्र विचार नमिल्नेहरु बाटो तताउँदा हुन्छ : अध्यक्ष लिङ्देन
banner

पार्टीभित्र विचार नमिल्नेहरु बाटो तताउँदा हुन्छ : अध्यक्ष लिङ्देन

साउन ४, २०८२, ५:२९ .शनिबार
औषधि गोदाममा छापामार्दा ठुलो मात्रामा लागूऔषध भेटियो
banner -1

औषधि गोदाममा छापामार्दा ठुलो मात्रामा लागूऔषध भेटियो

साउन ३, २०८२, ५:४२ .शुक्रबार
विद्युत कर्मचारीको करेन्ट लागेर मृत्यु
banner

विद्युत कर्मचारीको करेन्ट लागेर मृत्यु

साउन ३, २०८२, ५:११ .शुक्रबार
मेचीनगरमा विकास : जताततै पिचै पिच
banner -2

मेचीनगरमा विकास : जताततै पिचै पिच

असार ३१, २०८२, ७:२४ .मङ्लबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.