२५ मंसिर २०८२, बिहीबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

रेग्मी र लामा पुरस्कृत

बंशवादी शासनपछि गाउँमा व्यवस्था फेरियाे : पूर्व मन्त्री आङ्बाे

साउन ७, २०८१, १२:२५ .सोमवार
0
0
0
SHARES
15
VIEWS
Share on FacebookShare on Twitter

बिर्तामोड, ७ साउन । काेशी प्रदेश सरकारका पूर्व आर्थिक मामिला तथा याेजना मन्त्री इन्द्रबादुर आङ्बाेले
वंशवादी शासन फेरिएपछि अहिले व्यवस्था गाउँसम्म पुगेकाे बताएका छन् ।

आज विर्तामोडकाे सिटी सेन्टरमा प्रेस सेन्टर नेपाल झापाले आयोजना गरेकाे २१औँ डी.काैडीन्य स्मृति पत्रकारिता पुरस्कार कार्यक्रममा प्रमुख अतिथि काेशी प्रदेश संसदीय दलका प्रमुख एवम् पूर्व मन्त्री आङ्बाेले २००७ साल, २०३६ साल, २०४६ काे जनआन्दोलन एउटा सामान्तबादबाट अर्काे सामान्तवादमा रूपान्तरण मात्र भएकाे बताए ।

´त्यसबेला प्रजातन्त्र मात्र आयो`, उनले भने-´बंशवादी शासन परिवर्तन भयाे । अहिले विकेन्द्रीकरण हुँदै गाउँसम्म गणतन्त्र आयो ।

केही गरेका छैनाैँ हाेइन संघीय शासन व्यवस्था आयो । मुख्य परिवर्तनलाई कसैले पनि भुल्न हुँदैन ।` संविधान कार्यान्वयन हुन समय लाग्ने उनकाे भनाई छ ।
उनका अनुसार  धेरै लाेकतान्त्रीक भएको देश अमेरिकामा संघीयता कार्यान्वयन हुन ३२ वर्ष र भारतमा ५० वर्ष लाग्याे । नेपालमा ९ वर्ष भयाे संविधान बनेकाे । कार्यान्वयन हुँदै जान्छ धैर्य गर्नु पर्छ ।

उनले भने-´१० वर्ष यता तीन ठुला दलका नेताहरू प्रधानमन्त्री भइरहेका छन् । अहिलेसम्म निजामति ऐन ल्याउन र प्रहरी समायोजन गर्न कस्ले राेक्याे ? ।`

ऋण काढेर ऋण तिरिरहेका छाैँ

उनका अनुसार बजेट अहिले १८ खर्व छ । १३ अर्व राजश्व उठाउने लक्ष्य छ । ५ अर्व विदेशी दाताबाट ८ प्रतिशत व्याजमा ऋण लिएका छाैँ । ऋण काढेर ऋण तिरिरहेकाे अवस्था छ ।

एमसीसी आउँदा सेना आउँछ भन्नू हावा कुरा

उनले नेपालमा एमसीसी ल्याउनु राम्राे बताए । उनले एमसीसीमा लगानी ५५ अर्व छ । ५ वर्षका लागि हाे । काम भएन भने फिर्ता जान्छ ।

नेपालमा एमसीसी आउँदैमा अमेरिकन सेना आउँछ भन्नू हावा कुरा भएको दावी गरे ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ कोशी प्रदेश महासचिव विवेक गौतम, झापा शाखा अध्यक्ष एकराज गिरी, विप्लब नेतृत्वकाे नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य सुमन सिंह सि, प्रेस युनियनका युवा नेता राजेन्द्र गौतम, पूर्व पुरस्कृत अग्रज पत्रकार लीला बराल, प्रेस चौतारी नेपाल झापाका उपाध्यक्ष प्रदिप परियार, नारी संचारगृह झापाकी अध्यक्ष रेजिना गौतम, सामाजवादी प्रेस संगठन झाका अध्यक्ष शम्भुजित दाहाल, प्रेस चौतारी नेपाल झापाका उपाध्यक्ष प्रदिप परियार, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ झापा (फाेनिज)की अध्यक्ष भूमिका सुब्बा लगायतले स्व.देवकुमार आचार्यकाे याेगदानका बारेमा चर्चा गरेका थिए ।

शहिदकाे सपना पूरा भएन

यसैगरी डी. कौडिन्यकी धर्मपत्नी यमुना आचार्यले पार्टीका नेताहरू झाेले भएकाले शहिदहरूकाे सपना पूरा हुन नसकेकाे बताइन् ।

उनका अनुसार बाैद्विक व्यक्तित्वकाे अभावमा राज्यसत्ता चलिरहेकाे छ, जसकारण डी. काेडिन्य जस्ता धेरै शहिदहरूकाे अवमुल्यन भएकाे छ ।

टाउकाे(दिमाग) नभएकाहरूले देश हनकिरहेकाले शहिद र सहिद परिवारकाे उचित कदर हुन नसकेकाे उनकाे बुझाई छ । उनकी छाेरी तृप्ति आचार्य लगायतले बोलेका थिए ।

स्व.आचार्यसँगै शहिदहरु खगेन्द्र दंगाल, शंखर घिमिरे समेतकाे चर्चा गरिएको थियो । साेहि अवसरमा प्रेस सेन्टर नेपालका केन्द्रीय सचिव विमल लामिछानेले पत्रकार, नेता तथा साहित्यकार डी. कौडिन्यको जीवनीका बारेमा चर्चा गरेका थिए ।

वि. स. २०२९ सालमा जन्मिएका आचार्यको तात्कालिन बिद्रोहको समयमा २०५९ साल साउन ७ गते राज्यले गिरफ्तार गरी चारआली व्यारेकमा सेनाले हत्या गरेको थियो ।

डी. कौडिन्य पुरस्कार रेग्मी र लामालाई

कार्यक्रममा प्रेस सेन्टर झापाले स्व. पत्रकार डी. कौडिन्यको नाममा अक्षयकोष स्थापना गर्ने घोषणा गरेको छ ।

अक्षयकाेष स्थापना

अक्षयकोषमा यसअघि पत्रकार सुव्रत न्यौपानेले १० हजार रुपैयाँ र आज राजेन्द्र गौतमले ५ हजार १ रुपैयाँ प्रदान गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

पत्रकार रेग्मी र लामा पुरस्कृत

डी. काेडिन्य स्मृति पत्रकारिता पुरस्कारबाट पत्रकारद्वय झुलन रेग्मी र डिकश लामा पुरस्कृत भएका छन् ।

हरेक वर्ष प्रदान गरिने डी. काेडिन्य स्मृति पत्रकारिता पुरस्कार यो पटक मेची खबर साप्ताहिकका झुलन रेग्मी र नेपाल टेलिभिजनका डिकेश लामालाई प्रदान गरिएकाे छ ।

यस पटकदेखि पुरस्कार रकम वृद्धि गरेर ४२ हजार पुर्याइएको थियाे । रेग्मी र लामालाई जनही २१ हजार नगद राशिसहित सम्मान गरिएकाे छ ।

प्रेस सेन्टर झापाका अध्यक्ष राजु पाठकको अध्यक्षतामा सप्पन्न कार्यक्रमकाे स्वागत उपाध्यक्ष होमप्रकाश अधिकारीले र सचिव पुष्प खड्काले सञ्चालन गरेका थिए ।

भिडियो पनि हेर्नुहोला ।

 

पछिल्लो समाचार

प्रधानमन्त्री ओलीलाई दुईतिहाइ समर्थन

अघिल्लो समाचार

वीपी–पुष्पलाल बाटिकामा पुष्पलालको चर्चा

Related Posts

सूर्तीजन्य, मादक पदार्थ र लागूऔषध बिक्री वितरण रोक्न माग
banner

सूर्तीजन्य, मादक पदार्थ र लागूऔषध बिक्री वितरण रोक्न माग

मंसिर २३, २०८२, २:३६ .मङ्लबार
क्रियाशील सदस्यता विवरण छिट्टै सार्वजनिक हुन्छ : कांग्रेस प्रवक्ता शर्मा
banner -1

प्रतिनिधि सभाका लागि झापा–१ बाट शर्माको नाममात्र सिफारिस

मंसिर २३, २०८२, १:४८ .मङ्लबार
तीन पत्रकारलाई टंकप्रसाद–रमादेवी पाठक पत्रकारिता पुरस्कार
banner -2

तीन पत्रकारलाई टंकप्रसाद–रमादेवी पाठक पत्रकारिता पुरस्कार

मंसिर २३, २०८२, १:३१ .मङ्लबार
भलिबल प्रशिक्षक कुमार राई एक लाखसहित सम्मानित
banner -1

भलिबल प्रशिक्षक कुमार राई एक लाखसहित सम्मानित

मंसिर २०, २०८२, १२:२० .शनिबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.