मेचीनगर, ८ साउन । सुसेली साहित्यिक परिवारले कलाकार केसाङ लामालाई पुरस्कृतसहित सम्मान गरेकाे छ ।
आज स्व. विजय खरेल स्मृति ग्रन्थ लाेकार्पण, सुसेली साहित्यिक प्रतिभा पुरस्कार र विजय खरेल रचित गीत सार्वजनिक कार्यक्रममा नाटककार एवम् समाजसेवी लामालाई ११ हजार नगद राशिसहित पुरस्कृत गरेकाे हाे ।
उनलाई प्रमुख अतिथि प्रा.डा. जिवेन्द्र देव गिरी, सुसेली साहित्यिक परिवारका अध्यक्ष पुन्यप्रसाद खरेल लगायतले दाेसल्ला, प्रमाणपत्रसहित सम्मान गरेका हुन् ।
सुसेली साहित्यिक प्रतिभाबाट पुरस्कृत लामा समाजसेवी, कुशल नाटककार एवम् स्थापित कलाकार हुन् ।
Discussion about this post