२४ मंसिर २०८२, बुधबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

समाज

पत्रकारलाई ज्यान मार्ने धम्की दिने विप्लवका कार्यकर्ता पक्राउ

साउन १०, २०८१, २:३२ .बिहिबार
0
0
0
SHARES
16
VIEWS
Share on FacebookShare on Twitter

झापा, १० साउन । नेत्रविप्लव चन्द विप्लवका एक कार्यकर्ताले साप्ताहिक जनआस्थाका संस्थापक तथा प्रधान सम्पादक किशोर श्रेष्ठलाई भद्दा गालीगलौजसहित ज्यान मार्ने धम्की दिएका छन् ।

यसरी धम्क्याएका कपिल सि (सिजापति) लार्ई प्रहरीले पक्राउ गरेको छ । जनआस्थाले आफ्नो अनलाइनमा एउटा अडियो सार्वजनिक गरेको छ, जसमा प्रधान सम्पादक श्रेष्ठ र एक युवकको संवाद सुन्न सकिन्छ ।

ती युवकले आफूलाई विप्लव निकट विद्यार्थी संगठनको बुद्धनगर स्थित कार्यालयबाट बोलेको बताएका छन् । युवकले श्रेष्ठमाथि एक महिलाको चरित्रहत्या गरेको विषयमा आफ्नो कार्यालयमा उजुरी परेको भन्दै छलफलका लागि आउन आदेश दिन्छन् ।

श्रेष्ठले उजुरीको विषयमा जिज्ञासा राखेपछि युवकले धम्कीको भाषा प्रयोग गर्न थाल्छन् । उनी भन्छन्, ‘तपाईं विप्लव र उहाँको कार्यकर्ताका विषयमा जानकार नै हुनुहुन्छ । हामीसँग ३८÷३९ वटा मुद्दाहरु छँदैछन् । एउटा मुद्दा नथपियोस् भनेर हामी सचेत छौं । बुद्धनगर कार्यालयमा हामीले ‘लाई पनि बोलाएका छौं । तपाईंको टाइम कतिबेला हुन्छ भन्नुपर्यो ।’

श्रेष्ठले भोलि पत्रिका निकाल्नुपर्ने भएकाले आज भेट्न सम्भव नरहेको बताउँछन् । बरु उनले जनआस्थामा नै आउन आग्रह गर्छन् ।

युवकले जवाफ दिन्छन्, ‘तपाईं अपराधीको उसमा हामी किन आउने ?’ ठाडै ‘अपराधी’ भने पछि श्रेष्ठ पनि जंगिन्छन् । त्यसपछि युवकले मुख छोड्न थाल्छन् ।

‘ए किशोर श्रेष्ठ, तँ ठूलो कुरा नगर । तँ मुलालाई हामीले राम्रोसँग चिनेका छौं । तेरो कार्यालयमा हामी आउँछौं ।’

श्रेष्ठले पनि युवकलाई दह्रोसँग झपार्छन् । ‘तिमीले भोलि पश्चाताप गर्नु नपरोस् बाबु, यति मैले भनेको छु’, श्रेष्ठले चेतावनी दिन्छन् । उनी नडग्मगाएपछि युवकले विभिन्न अश्लील शब्द प्रयोग गर्दै धम्की दिन थाल्छन् ।

‘तिम्रो टाउकोमा बम पड्काइदिन सक्छौं’, उनले भनेका छन्, ‘अहिले मेरो अगाडि भएको भए दुई वटा दाँत झारिसक्थेँ, फोनबाट हात हाल्न नमिल्ने भएकाले जोगिएको छौँ ।’

तर, यो धम्कीले पनि श्रेष्ठ गल्दैनन् । त्यसपछि छाडा शब्द प्रयोग गर्दै आमाबुवालाई पनि मार्ने धम्की दिएर फोन राख्छन् ।

दोस्रोपटक पनि ती युवकले फोन गरेका छन् । यसपालि उनले सुरुमै आफूलाई अखिल समाजवादीको केन्द्रीय सचिव कपिल सी भनेर चिनाउँछन् । यो संवादमा उनले आफूलाई जनआस्थामा विगतमा काम गरेकी एक महिला कर्मचारीको दाइ भएको बताउँछन् । अब अफिसमै आएर कुरा गर्ने भन्दै फोन राख्छन् ।

दुई वर्ष अगाडि अछामकी एक महिला जनआस्थाको अनलाइनमा काम गर्थिन् । श्रेष्ठका अनुसार उनले ५–६ महिना काम गरेर सहजरुपमा छोडेकी थिइन् । ती विवाहित महिलाको चरित्रहत्या गरेको आरोप श्रेष्ठमाथि लगाइएको हो । चरित्रहत्या गरिएको कुनै प्रमाण भने देखाइएको छैन ।

जनआस्था अनलाइनमा आज प्रकाशित समाचारमा लेखिएको छ, ‘जनआस्थाकी ती पूर्वकर्मचारीमाथि कसले चरित्रहत्या गरेको हो प्रमाण उपलब्ध गराइयोस्, हामी कानूनी कठघरामा उभिन तयार छौं । अन्यथा निहित स्वार्थसिद्ध नभएपछि कपोलकल्पित र निराधार आरोप लगाएर पत्रकार र समग्र प्रेसलाई हतोत्साही पार्ने दुष्प्रयास नगर्न चेतावनी दिन चाहन्छौं ।’

ती महिलाका दाइले पहिलोचोटि मंगलबार बिहान १० बजे फोन गरेर धम्की दिएका हुन् । दिउँसो तीनै महिलाले दुई युवाहरु लिएर सानेपा धोविघाटस्थित जनआस्थाको कार्यालयमा लिएर आइन् । एक युवकले कम्मरमा पेस्तोलसमेत बोकेको श्रेष्ठले बताए ।

बुधबार पत्रिका निकाल्नुपर्ने भएकाले कामको चटारोमा थिए श्रेष्ठ । एकाक्सी हुलहुज्जत भएपछि तनावपूर्ण स्थिति बनेको थियो । उनीहरुले जनआस्थाको कार्यालय बमले उडाइदिने धम्की दिए । त्यसपछि श्रेष्ठले प्रहरीलाई खबर गरेका थिए ।

प्रहरीले सोही दिन श्रेष्ठलाई फोनबाट धम्क्याउने कपिल सीलाई बिजुली बजारबाट पक्राउ गरेको छ । पक्राउको विरोधमा विप्लवको भ्रातृ संगठन अखिल नेपाल विद्यार्थी युनियन (समाजवादी) का अध्यक्ष नरेन्द्र सीले विज्ञप्ति जारी गरेका छन् ।

विज्ञप्तिमा भनिएको छ, ‘जनआस्था साप्ताहिकको सम्पादक भनेर भनिने खुफिया पत्रकार किशोर श्रेष्ठले उनको पत्रिकाको अनलाइनमा काम गर्ने महिला कर्मचारीमाथि गरेको चरित्रहत्या, अनर्गल प्रचार र दिएको मानसिक पीडाविरुद्ध छलफलका लागि बोलाउँदा निज खुफिया पत्रकार किशोर श्रेष्ठले प्रहरी प्रशासन र गृह प्रशासनको दुरुपयोग गरी सचिव क. कपिल सीलाई गिरफ्तार गराएको छ ।’

नेपाल पत्रकार महासंघ केन्द्रीय समितिले पनि पत्रकार श्रेष्ठलाई दिएको ज्यान मार्ने धम्कीप्रति प्रेस विज्ञप्ति जारी गरेर पक्राउ परेकालाई आवश्यक कारवाही गर्न माग गरेको छ ।

(नेपाल प्रेसबाट)

पछिल्लो समाचार

लीलादेवी भइन् पहिलो महिला मुख्यसचिव

अघिल्लो समाचार

कीर्तिपुरका मेयर राजकुमार नकर्मीकाे निधन

Related Posts

सूर्तीजन्य, मादक पदार्थ र लागूऔषध बिक्री वितरण रोक्न माग
banner

सूर्तीजन्य, मादक पदार्थ र लागूऔषध बिक्री वितरण रोक्न माग

मंसिर २३, २०८२, २:३६ .मङ्लबार
क्रियाशील सदस्यता विवरण छिट्टै सार्वजनिक हुन्छ : कांग्रेस प्रवक्ता शर्मा
banner -1

प्रतिनिधि सभाका लागि झापा–१ बाट शर्माको नाममात्र सिफारिस

मंसिर २३, २०८२, १:४८ .मङ्लबार
तीन पत्रकारलाई टंकप्रसाद–रमादेवी पाठक पत्रकारिता पुरस्कार
banner -2

तीन पत्रकारलाई टंकप्रसाद–रमादेवी पाठक पत्रकारिता पुरस्कार

मंसिर २३, २०८२, १:३१ .मङ्लबार
भलिबल प्रशिक्षक कुमार राई एक लाखसहित सम्मानित
banner -1

भलिबल प्रशिक्षक कुमार राई एक लाखसहित सम्मानित

मंसिर २०, २०८२, १२:२० .शनिबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.