१० कार्तिक २०८२, सोमबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

प्रभु बैंकमा पेश गरेको कागजात नक्कली रहेको दावी

साउन २०, २०८१, ३:१६ .आइतवार
0
0
0
SHARES
115
VIEWS
Share on FacebookShare on Twitter

बिर्तामोड, २० साउन । प्रभु बैंकको बिर्तामोड शाखाले निक्षेपकर्ता मन्जुकुमारी नेपालले पेश गरेको मुद्दती रसिद, ब्यालेन्स सर्टिफिकेट र स्टेटमेण्ट नक्कली भएको बताएको छ ।

प्रभु बैंकले आज एक विज्ञप्ति जारी गरेर मन्जुकुमारी नेपालले मुद्दती रसिदको रकम फिर्ता पाउँ भनी पेश गरेको निवेदन अनुसारको रकम सम्बन्धित खातामा नरहेको जानकारी प्राप्त हुनासाथ आन्तरिक छानविन गर्दा उक्त मुद्दती रसिद, ब्यालेन्स सर्टिफिकेट र स्टेटमेण्ट बैंकबाट जारी गरिएको नभई अनधिकृत एवम् नक्कली रहेको उल्लेख छ ।

पत्रकार टिकाराम नेतिले बिर्तामोडको प्रभु बैंकको शाखामा मुद्दति बचत गरेको आफ्नो परिवारको (मन्जुकुमारी नेपाल) एक करोड १९ लाख मध्ये २ लाख मात्र खातामा रहेको दावी गरेका थिए ।

केहि दिनअघि पत्रकार सम्मेलनमा नेतिले आफ्नो पत्नीसहित अमेरिका भ्रमणमा जानु केहि दिनअघि उनले पत्नी मञ्जुकुमारी नेपालको नाममा उक्त रकम बैंकको मुद्दति खातामा ६ महिनाका लागि बचत गरेको दावी छ ।

मुद्दति बचतको अवधि पूरा (परिपक्व) भएपछि बैंक जाँदा आफ्नो खातामा रकम नभएको उनले पत्रकार सम्मेलनमा जानकारी गराएका थिए ।

उनले बैंक र प्रहरीमा उजुरी दिँदै आफ्नो बचत फिर्ताको माग गरेका थिए । प्रभु बैंक बिर्तामोड शाखाका बजार व्यवस्थापक चन्द्रगढी निवासी प्रमोद सिटौला भने हालसम्म फरार रहेको बताइएको छ ।

प्रभु बैंकले ग्राहकले बैंकमा राखेको मुद्दती निक्षेप सम्बन्धित खातामा नभएको भन्ने सम्बन्धमा विभिन्न समाचार माध्यमहरुमा प्रसारित समाचारप्रति गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।

सो सम्बन्धमा बैंकले थप छानविन भैइरहेको र कानुन बमोजिम अनुसन्धान गरी दोषी उपर कारवाहीका लागि आवश्यक प्रक्रिया अगाडि बढाईसकिएको बताएको छ ।

देशैभर ३१४ शाखा कार्यालयहरु र २८३ एटिएम समेतको सञ्जाल मार्पmत अत्याधुनिक प्रविधिसहित गुणस्तरीय बैंकिङ्ग सेवा प्रवाह गरिरहेको प्रभु बैंकले आप्mना निक्षेपकर्ता, ग्राहक तथा सेवाग्राहीहरुको हितमा सदैव कटिबद्ध रहने विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तिमा आवश्यक छानविन तथा प्रचलित कानुन बमोजिमको कारवाही पश्चात उक्त घटनाको सत्य, तथ्य र वास्तविकता पत्ता लागि दोषी उपर ठहरे बमोजिमको कारवाही हुने नै छ भन्नेमा बैंक विश्वस्त रहेको उल्लेख छ ।

आइतबार जारी विज्ञप्तिमा प्रभु बैंकका कोशी प्रदेश प्रमुख बद्रीकुमार कटवालको हस्ताक्षर रहेको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख एसपी मिलन केसीले यो विषय अदालत जाने बताए । यसअघि पीडित टिकाराम नेतिले प्रहरीमा निवेदन दिएका छन् ।

उनका अनुसार बैँकले आज प्रारम्भिक छानविन गर्दा उक्त मुद्दती रसिद, ब्यालेन्स सर्टिफिकेट र स्टेटमेण्ट नक्कली रहेको दावी गरेको छ । बैंकका फरार कर्मचारी पक्राउ परेपछि धेरै कुरा थाहा हुने एसपी केसीको भनाई छ ।

पछिल्लो समाचार

नेत्र सहायक कोशीको अध्यक्षमा युवराज बोहोरा

अघिल्लो समाचार

कर्मचारीले नक्कली कागजात बनाइदिएकाे प्रभु बैंककाे दावी

Related Posts

कांग्रेस मेचीनगरले पनि भन्याे-´निर्णय पुनरावलोकन गर`
banner -2

कांग्रेस मेचीनगरले पनि भन्याे-´निर्णय पुनरावलोकन गर`

कार्तिक ९, २०८२, १२:५४ .आइतवार
छठ पर्वकाे धमाधम तयारी
box -3

छठ पर्वकाे धमाधम तयारी

कार्तिक ९, २०८२, ७:०८ .आइतवार
झापा महिला गाेल्डकप : पक्कीको स्थायी प्यारापिट निर्माण
banner -2

झापा महिला गाेल्डकप : पक्कीको स्थायी प्यारापिट निर्माण

कार्तिक ८, २०८२, ३:०१ .शनिबार
ध्रुबे हात्तीको आक्रमणबाट सैनिकको मृत्यु
banner -1

मेचीनगरमा हात्तीकाे आक्रमणबाट बालक घाइते

कार्तिक ८, २०८२, २:४२ .शनिबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.