बिर्तामोड, २१ साउन । प्रभु बैंकको केन्द्रीय कार्यालय काठमाडौंले अर्काे प्रेस विज्ञप्ति जारी गरेकाे छ ।
आज प्रभु बैंकका नायव प्रमुख कार्यकारी अधिकृत मनिराम पाेखरेलले प्रेस विज्ञप्ति जारी गरेर बैंक कै कर्मचारीले निक्षेप कर्तालाई नक्कली रसिद बनाएर दिएकाे प्रारम्भिक छानविनका क्रममा थाहा भएको बताएको हाे ।
बैंकमा ग्राहकले आफ्नो मुद्दती खातामा पैसा नभएको भनेर निवेदनसहित दिएकाे कागजातहरूमाथि छानविन गर्दा खातामा पैसा नभएकोले अनधिकृत एवम् नक्कली रसिदहरू रहेकाे पाइएकाे विज्ञप्तिमा उल्लेख छ ।
उक्त नक्कली कागजातहरू बनाएर प्रदान गर्ने कार्यमा बैंकका तत्कालिन कर्मचारी प्रमाेद सिटाैलाकाे संलग्नता रहेकाे पाइएकाे विज्ञप्तिमा उल्लेख छ ।
निज कर्मचारी सिटाैलालाई बैंकले कारवाहीका लागि कर्मचारी विनियमावली अनुसार प्रक्रिया अघि बढाइएकाे बताएकाे छ ।
विज्ञप्तिमा उक्त कार्यमा सम्लग्न कर्मचारी लगायत अन्य काेहि व्यक्तिहरू भए कानून अनुसार अनुसन्धान गरेर कारवाही अघि बढाउन बैंकको पूर्णरूपमा सहयाेग गर्ने उल्लेख गरिएको छ ।
यसअघि पत्रकार टिकाराम नेतिले बिर्तामोडको प्रभु बैंकको शाखामा मुद्दति बचत गरेको आफ्नो परिवारको (मन्जुकुमारी नेपाल) एक करोड १९ लाख मध्ये २ लाख मात्र खातामा रहेको दावी गरेका छन् । १ कराेड १७ लाख गायव भएको भन्दै आफ्नो पैसा फिर्ता माग गरेका थिए ।
केहि दिनअघि पत्रकार सम्मेलनमा नेतिले आफ्नो पत्नीसहित अमेरिका भ्रमणमा जानु केहि दिनअघि उनले पत्नी मञ्जुकुमारी नेपालको नाममा उक्त रकम बैंकको मुद्दति खातामा ६ महिनाका लागि बचत गरेको दावी छ ।
यसैविच आइतबार प्रभु बैंकले एक विज्ञप्ति जारी गरेर मन्जुकुमारी नेपालले मुद्दती रसिदको रकम फिर्ता पाउँ भनी पेश गरेको निवेदन अनुसारको रकम सम्बन्धित खातामा नरहेको जानकारी प्राप्त हुनासाथ आन्तरिक छानविन गर्दा उक्त मुद्दती रसिद, ब्यालेन्स सर्टिफिकेट र स्टेटमेण्ट बैंकबाट जारी गरिएको नभई अनधिकृत एवम् नक्कली रहेको उल्लेख छ ।
Discussion about this post