३ पुष २०८२, बिहीबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

बंगलादेशमा आन्दोलन

बंगलाबन्ध र काँकरभिट्टा नाकामा रोकिए १९ वटा मालबाहक गाडी

साउन २१, २०८१, ४:४६ .सोमवार
0
0
0
SHARES
35
VIEWS
Share on FacebookShare on Twitter

काँकरभिट्टा, २१ साउन । बंगलादेशमा विद्यार्थीले गरेको आन्दोलनका कारण सामान लोड गरेका आयात– निर्यात हुने १९ वटा गाडी आज नाकामा रोकिएका छन् ।

बंगलादेशकी प्रधानमन्त्री शेख हसिना आन्दोलन चर्किएपछि देश छाडेर भारत आएका कारण आयात– निर्यात हुने उक्त गाडीहरुबीच बाटैमा रोकिएका हुन् ।

नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेड काँकरभिट्टाका प्रमुख सुवास पाण्डेले दुई देशबीचको आयात–निर्यातका सामान बोकेका गाडीहरू सोमबार नाकामा अलपत्र परेको जानकारी दिए ।

बंगलादेश भन्सारबाट छुटेका टिस्यु पेपर लोड गरेर ल्याएका ५ वटा गाडी बंगलाबन्धमा रोकिएको उनको भनाई छ ।

त्यस्तै नेपालबाट छुटेका उखुको खुदो (मोलासिस) लोड गरेका ११ वटा गाडी काँकरभिट्टा भन्सार यार्डमा रोकिएका छन् भने ३ वटा गाडी बंगलाबन्ध नाकामा रोकिएको पाण्डेले बताए ।

‘सुरुमा आन्दोलन हुँदा केही दिनसम्म आयात निर्यात रोकिएको थियो’, पाण्डेले भने–‘गत आइतबारदेखि विहीबारसम्म नियमित थियो । पछिल्लो ३÷४ महिना यता हप्तामा १०÷११ वटा गाडीहरु आउँ जाउँ भइरहेका थिए । शुक्रबार यता ४ दिनदेखि गाडीहरू रोकिएका छन् ।’

उनका अनुसार नेपालबाट काँकरट्टिा नाका हुँदै मुसुरोको दाल, जडिवुटिमा चिराँइतो, डाबर च्यवनप्रास लगायत वस्तुहरु बंगलादेश निर्यात हुने गरेको छ । यस्तै बंगलादेशबाट टिस्यु पेपर, जुट, मेडिसिन, धागो लगायतका सामानहरु नेपाल आयात हुने गरेको छ ।

काँकरभिट्टाबाट नेपालले साउन यता ११ दिनमा दुई लाख ६९ हजार ७९६ केजी सामान आयात गर्दा २० करोड ६५ लाख ६२ हजार ७३ रुपैयाँ मुल्य बराबरको कारोवार गरेको पाण्डेले बताए । उनका अनुसार पन्ध्र लाख ७३ हजार केजी सामान निर्यात गर्दा १ करोड ३५ लाख ८९ हजार ५६३ रुपैयाँको कारोवार गरेको छ ।

गतवर्ष ९५ हजार ६७२ केजी सामान निर्यात गर्दा १५ करोड १७ लाख ५ हजार ६३९ रुपैयाँ र ९ हजार ७२१ केजी सामान आयात गर्दा ३१ करोड ७४ लाख ५ हजार ११० रुपैयाँ मुल्य बराबरको कारोवार भएको कार्यालयले जनाएको छ ।

पछिल्लो समाचार

बंगलादेशकी प्रधानमन्त्री हसिनाले देश छाडिन्

अघिल्लो समाचार

पूर्वी नाका खुल्यो, विदेशी पर्यटक आउन थाले

Related Posts

अपाङ्गता भएका व्यक्तिहरूकाे संस्थाका पदाधिकारीलाई क्षमता विकास तालिम
banner

अपाङ्गता भएका व्यक्तिहरूकाे संस्थाका पदाधिकारीलाई क्षमता विकास तालिम

पुस २, २०८२, १:५७ .बुधबार
प्याव्सन मेचीनगरको अन्तरविद्यालय प्रतियोगिता
banner -2

प्याव्सन मेचीनगरको अन्तरविद्यालय प्रतियोगिता

मंसिर २९, २०८२, १२:५६ .सोमवार
झापा गोल्डकप माघ २४ गतेदेखि
banner -1

झापा गोल्डकप माघ २४ गतेदेखि

मंसिर २९, २०८२, १२:४१ .सोमवार
मागुरमाडी वनमा कांग्रेसका बागी उम्मेदवार निर्वाचित
banner

मागुरमाडी वनमा कांग्रेसका बागी उम्मेदवार निर्वाचित

मंसिर २८, २०८२, ३:२२ .आइतवार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.